यस्तो छ सरकारको पूर्णताको योजना


gjlgo’Qm k|wfgdGqL s]kL zdf{ cf]nL sfo{ef/ ;DxfNg’ x’Fb}{ gjlgo’Qm k|wfgdGqL s]kL zdf{ cf]nL l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf cfkmgf] sfo{ef/ ;DxfNg’ x’Fb} . tl:a/M /Tg >]i7, /f;;

सत्ता साझेदार दलले मन्त्रिमण्डलमा सहभागी गराउने नेताहरूको विषयमा अन्तिम निर्णय गर्न नसक्दा सरकार विस्तार हुन अझै केही दिन लाग्ने भएको छ । सरकारको प्रमुख घटक नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले मन्त्रीको चयन गर्न नसक्दा सरकार विस्तारको प्रक्रिया अझै केही दिन विलम्ब हुने देखिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज २४ गते प्रधानमन्त्री निर्वाचित हुनुभएपछि तत्कालै सरकार विस्तार हुने र मुलुकले भोग्नुपरेको समस्या समाधानमा केन्द्रित हुने अपेक्षा गरिए पनि दलहरूबीच आन्तरिक रुपमा निर्णय गर्न समय लागेका कारण अन्योल बढेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई शपथ गराइसक्नुभएको छ । यस्तै, एमाओवादी र एमालेका केही मन्त्रीले सपथ लिनुभए पनि सरकार विस्तार हुन सकेको छैन । एमाओवादीलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने समझदारी भइसकेको छ । तर सो पदमा कसलाई पठाउने भन्ने विषयमा छलफल जारी रहेको एमाओवादीले जनाएको छ । एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले छलफल जारी रहेको र आइतबारसम्म अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यहरूको अन्तिम टुङ्गो लगाउन सक्ने जानकारी दिनुभएको छ । नेकपा (एमाले) को पनि आन्तरिक छलफल जारी रहेका कारण सरकार विस्तार गर्न एक दुई दिन लाग्न सक्ने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी दलहरूसँग आन्तरिक छलफल गरेर एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरिने बताउनुभयो । सरकार विस्तार नहुँदा चाडबाडको समयमा विभिन्न मन्त्रालयले सम्पादन गर्नुपर्ने कामसमेत प्रभावित भएको छ भने प्रधानमन्त्रीले धेरै मन्त्रालयको कामसमेत हेर्नुपर्दा असहज भएको छ । एमाओवादीले उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएर पार्टी सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी गराउने बताएको छ । यस्तै, नेताहरू सापकोटा, शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यसअघि कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मा दिइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?