आज आयरल्याण्डलाई पराजित गरे नेपाल विश्वकप क्रिकेटमा पुग्ने
आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अमेरिकाले दिएको १०९ रनको चुनौतीलाई १७.५ ओभरमा नै पूरा ग¥यो । जितसँगै नेपालले आफ्नो विश्वकप खेल्ने सपनालाई जीवितै राखेको छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । यस तेस्रो जितसँगै नेपाल ६ अङ्कका साथ लिगको शीर्ष स्थानमा उक्लेको छ । नेपालले १७.५ ओभरमा ४ विकेटको क्षतिसँगै ११४ रन बनाएको हो । नेपाललाई जितको लागि एक रन आवश्यक हुँदा नपाली ब्याट्सम्यान सौरभ खनालले अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपालले ११४ रन जोडेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १०९ रन जोडेको थियो । अमेरिकाले १०९ रन जोडे पनि नेपालले डक वर्थ लुइस नियमका आधारमा १०९ रनकै लक्ष्य पाएको थियो । खराब मौसमका कारण निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभमा झारेको थियो । अमेरिकाले ३५ ओभर खेलेपछि खराब मौसमकै कारण केही समयका लागि खेल स्थगितसमेत भएको थियो ।नेपालको जितमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ५३ रनको योगदान दिए । ४६ बल खेलेको कार्कीले ११ चौकाको मद्दतमा नटआउट ५३ रन जोडको हुन । त्यसैगरी सुनिल धमलाले १७, सौरभ खनालले १६, शङ्कर रानाले १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ६ तथा दीपेन्द्र सिंह ऐरी ५ रन जोडे । अमेरिकाका लागि भने सागर पटेलले सर्वाधिक ४४ रनको योगदान दिएका थिए । उनले तीन चौका र एक छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी तोहिदुल इस्लामले १४ तथा गौरव पटाङकरले ११ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका प्रेम तामाङ एक्लैले पाँच विकेट लिएका थिए । त्यस्तै आरिफ शेखले दुई विकेट लिए भने सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए । नेपालले बुधबार हुने अन्तिम खेलमा आयरल्यान्डलाई पराजित गरेको खण्डमा आगामी वर्ष बङ्गलादेशमा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।