आज दशैंको मुख्य दिन, अष्ट्रेलियामा टिका लगाउने क्रम जारी, नेपालभर शुभसाईतमा टिका लगाइदै


aus7आश्विन शुक्ल दशमीका अवसरमा विश्वभर रहेका नेपालीहरुले विजया दशमी पर्व मनाइरहेका छन् । सबैभन्दा पहिले अष्ट्रेलियामा रहेका नेपालीहरुले आज विहान स्थानीय समय अनुसार ८ बजेदेखि नै शुभसाईतमा मान्यजनबाट टिका जमरा ग्रहण गरेर दशैं मनाएका छन् । अहिले पनि यो क्रम चलिरहेको छ । अर्कोतर्फ, देशमा पनि विहानैदेखि टिका लगाउने क्रम सुरु भएपनि शुभ साईतमा टिका लगाउने तयारी समेत चलिरहेको छ । विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती ९चण्डी० पाठ गरी नवदुर्गा र शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रूपमा टीका जमरा ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी९विजयादशमी० एकै दिन परेको छ । नेपालमा भने यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रूपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । यससँगै अष्ट्रेलियामा भने सिड्नी ब्रिसबेन मेलबर्न क्यानबेरा : ८:३५ am- ८:४९ am, एडलेड डार्विन: ८:५३ am – ९:०७ am, पर्थ : ९:०१ am – ९:१५ am शुभ साईत थियो । दसैँका अवसरमा नवीन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । आफ्ना परिवारका सदस्य साथमै नभएका नेपालीहरुले अष्ट्रेलियाबाट स्काईप लगायतको भिडियो कलिंगको माध्यमबाट पनि एकसाथ टिका ग्रहण गरेका छन् । टिका लगाइसकेपछि नजिकैको मन्दिरमा जाने र परिवारका साथ नजिकैको पार्कहरुमा जाने क्रम भएपनि यस पटक सिड्नी लगायतका अष्ट्रेलियाका केही शहरमा पानी परेका कारण घरमै बसेर रमाइलो गरिएको बताउँछन् एशफिल्डमा रहेका दिपेन्द्र गौतम । सिड्नीस्थित पत्रकार ऋषि आचार्य भन्छन्, ६ वर्षपछि आमाको हातबाट यस वर्ष टिका लगाउन पाइयो, साह्रै खुशी लागेको छ । एकअर्काको हातबाट टिका लगाउने क्रम पूर्णिमासम्म चलिरहन्छ ।

तस्वीर साभार: फेसबुक

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?