राष्ट्रिय एकताको सरकारको प्रस्ताव संसदद्वारा अस्वीकार


libiyaलिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त संसदले हालैमात्र संयुक्त राष्ट्रङ्घद्वारा प्रस्तुत नयाँ राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव अस्वीकार गरेको छ । उक्त प्रस्तावबमोजिम लिबियाको सरकारले हालका लागि स्थान खालीगरी संयुक्त राष्ट्रसङ्घको पनि सहमति र रोहबरमा लिबियामा नयाँ सरकारको निर्माण गर्ने भनिएको थियो । तर बुधबारको लिबियाली संसदले सो प्रस्ताव अस्वीकार गरेको हो । सो समाचार लिबियाबाट प्राप्त समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले लिबियामा राष्ट्रिय एकताको सरकार निर्माण हुन लागेकोमा स्वागत गर्नुभएको थियो । उहाँले लिबियामा अहिलेको अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा देश सोही अनुरूप अघि बढेको भन्दै लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनको उक्त कार्यको प्रशंसा पनि गर्नुभएको थियो । लिबियामा राष्ट्रिय सरकारका लागि भन्दै राष्ट्रपतीय परिषद् गठन गरिएको थियो र सोही परिषद्ले छिट्टै नै राष्ट्रिय सरकार गठन गर्नेगरी तयारी भइरहेको बताइएको थियो । महासचिव मुनले लिबियाली राजनीतिक दलका नेताहरूलाई देशमा राष्ट्रिय सरकार गठन गर्ने समय यही हो भन्दै यसका कारण अघि बढाउन सकिने अन्य विकासका कामलाई पनि प्राथमिकता दिनुपर्नेमा अझै पनि जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?