विशिष्ठको दशैं यसरी उल्लासमय बन्यो, नेताहरुले मनाएको दशैं झलक


/fi6«kltnfO{ d’nk’hf/Laf6 6Lsf k|bfg /fi6«klt 8f /fdj/0f ofbjn] /fi6«klt ejg zLtn lgjf;df ljxLaf/ ljxfg !)M%% ah]sf] z’e;fOtdf xg’dfg9f]sf b;}F3/sf d”n k’hf/L b]j/fh cof{n / kl08t zªs/k|;fb l;UbØfnaf6 ljhof bzdLsf] 6Lsf nufpg’x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार विहान १०ः५५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्याल र पण्डित शङ्करप्रसाद सिग्द्यालबाट विजया दशमीको टीका लगाउनुभयो । राष्ट्रपतिलाई उहाँहरूले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । साथै, राष्ट्रपतिले पनि आफ्नो परिवारका सदस्यलाई दसैँको टीका लगाइदिनुभयो ।
यस्तै राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गर्नुभयो । राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाउनुभयो ।
अर्कोतिर, प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाउनुभयो । ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताउनुभयो ।
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि विजयादशमीको अवसरमा आज टीका लगाउनुभयो । नेता देउवाले ससुरा विनोद शमसेर जवरा र सासू प्रतिभा राणासँग, पूर्वप्रम खनालले मातापिता नभएकाले आफूले श्रीमती रवीलक्ष्मी चित्रकारलाई र श्रीमतीको हातबाट आफूले पनि टीका लगाएको बताउनुभयो । त्यसैगरी, पूर्वप्रधानमन्त्री भट्टराईले ८५ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?