चीनबाट एक हजार मेट्रिक टन पेट्रोलियम पदार्थ मंगलबार नेपाल आउँदै


chinaनेपालमा भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव देखिएपछि यसको विकल्पको खोजी गर्दै अन्ततः चिनियाँ पक्षको सहयोग लिने निष्कर्शमा सरकार पुगेको छ । यसअघि भएका विभिन्न चरणका वार्ता र छलफलपछि यस्तो निष्कर्श निस्किएको हो । यद्यपि, शुक्रबार चीनका लागि नेपाली राजदूत, नेपालका लागि चिनियाँ राजदूत र वाणिज्यमन्त्रीसहितको टोलीको एमाओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको छलफलपछि भने तेल अनुदानमा तत्कालका निम्ति ल्याउने सहमति बनेको हो । पहिलो चरणमा एक हजार मेट्रिक टन तेल अनुदानमा नेपाल पठाउन चीन सहमत भएको छ । भने, अर्को चरणमा नेपालबाट ग्याँसका सिलिण्डर लगेर चीनमा भरी नेपालमै ल्याउने तयारी गरिँदैछ । छिमेकीले पर्दा सहयोग गर्ने हो भन्ने भावनालाई चरितार्थ चीनले गरिरहेको छ भने अर्कोतर्फ, भारतले छिमेकी तराईमा बस्ने नेपाली मात्रै हुन् अरुको मतलब छैन भन्नेजस्तो व्यवहार देखाउँदा आम सर्वसाधारण नेपाली आक्रोशित बनेका छन् । एक सर्वसाधारण भन्छन्, हाम्रो मनमा भारत छिमेकी हो मित्र होइन भन्ने छाप परिसकेको छ । यो पुस्ताले अब यो छाप मेटाउन निकै कठीन पर्दछ । छिमेकी सहयोगका निम्ति आउँछ, तर उसले आफ्नो स्वार्थ समेत लिएर आयो भने त्यसलाई सहयोग भन्न सकिन्न । भूकम्पको बेला पनि त्यस्तै भयो । उनीहरु आए, तर आफ्ना नागरिकको रेस्क्यु गर्ने अनि सहयोग गरेभन्दा बढी प्रचारशैली अपनाएर नेपालीहरुलाई होच्याउने काम गरे जसले गर्दा गोब्याईन्डियन मिडिया भन्नेसम्म अवस्था आयो । अब यतिबेला भारतीय नकाबन्दीले चरम अभावका कारण सर्वसाधारण पिल्सिएका छन् । उनीहरुको मनमा सकारात्मक सोच आउन समय लाग्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?