एमालेको स्थायी समिति बैठकमा राष्ट्रपतिको यस्तो भयो निर्णय, काँग्रेसले पनि उम्मेद्वारी दिने
नेकपा(एमाले) स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवाश वालुवाटारमा बस्यो । साझ सुरु भएको बैठक राती साढे १० बजेसम्म चलेको थियो । बैठकले मुलुकुले सामाना गरीरहेको राष्ट्रिय संकट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायीत्व, राष्ट्रिय एकताको सम्र्बद्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधिनता र स्वातन्त्रताको लागि अहिले पनि राष्ट्रिय सहमतिको आबश्यकता रहेको कुरामा जोड दिएको छ । सबैं राजनीतिक दल, नागरिक समाज, मुलुकका सबै संघ–संस्था र आमजनताको एकताको उच्च प्रयत्नबाट नै वर्तमान समस्याको समधान निकाल्नुपर्नेमा बैठकले जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभएको छ ।
राष्ट्रलाई समृद्धिको दिशालाई अगाडि बढाउनुपर्ने ऐतिहासिक आबश्यकतालाई महसुश गर्दैं, नेकपा ९एमाले०ले विगतदेखि नै सहमतिमा जोड दिएकोप्रति पुनःस्मरण गर्दंै संविधानतः हुन लागि रहेको राष्ट्रपतिको निर्वाचन समेत सहमतिको आधारमा हुनुपर्नेमा बैठकको जोड रहेको जनाइएको छ । सहमतिको प्रक्रियाबाट नै राष्ट्रपति निर्वाचनको निम्ती नेकपा ९एमाले०ले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ । नेकपा ९एमाले०ले प्रस्तुत गर्ने राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र व्यावस्थापिका संसदका सदस्यहरुलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । आजको सन्दर्भमा सबै राजनीतिक दल सहमतिको साथ अगाडि बढ्नुपर्दछ भन्ने आमजनताको चाहना र भावनालाई कदर गर्दैं, विगतमा खेलेका भुमिकाहरुको पुनः स्मरण गर्दै वर्तमान चुनौतीहरुको सामना गर्न मुलुकुको एकतालाई अक्षुण राख्नुपर्नेमा बैठकको जोड छ । संविधानको कार्यान्यवन गर्दैं राष्ट्रको अग्रगति लागि सहमतिको यात्रा निरन्तर रुपमा अगाडि बढाउनुपर्ने ऐतिहासिक आबश्यकतालाई बोध गर्दै राष्ट्रिय सहमतिको यात्रामा सँग–सँगै अघि बढ्न नेपाली कांग्रेस लगायत सबै राजनीतिक दललाई आह्रवान निर्णय गर्यो । राष्ट्रपति निर्वाचन लगायत आगमी दिनमा आउने बिभिन्न घटनाक्रमहरुमा सहमतीको साथ अघि बढ्नुपर्नेमा बैठकको जोड छ ।
दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थीतिको बारेमा बैठकमा गम्भीरताको साथ छलफल भयो । बैठकले मुलुकको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षिय विकल्पको निम्ती ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो भन्दा आपूर्ति व्याबस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको सचिव भट्टराईले जानकारी दिनुभएको छ ।
काँग्रेसले पनि उम्मेद्वारी दिने
नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले राससलाई बताउनुभयो । केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ । यसैबीच, रासससँगको सङ्क्षिप्त कुराकानीमा पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताउनुभयो ।