राष्ट्रपतिमा उम्मेद्वारी हेरेर उपराष्ट्रपतिबारे निर्णय गर्ने : एमाओवादी


prachanda1सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेद्वारी दिने भएको छ । सो पार्टीको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेद्वार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेद्वार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने जानकारी दिनुभयो । “राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेद्वारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने भनेर निर्णय गर्छ”– उहाँले भन्नुभयो । पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेद्वारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चले पनि सोको टुङ्गो लागिसकेको छैन । पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेद्वार उठाउने पनि बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?