जिलोङ नेप्लिज एसोशियसनको दशैं महोत्सवमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान


zilongठूलाबडाको हातबाट टिका लगाउनु दशैंको परम्परा हो । यसैक्रममा हरेक वर्षझैं यस वर्ष पनि मेलबर्नको जिलोङ नेप्लिज एसोशियसनद्धारा आयोजित दसैंं कार्यक्रम यस वर्ष पनि सम्पन्न भएको छ । कार्यक्रममा सांसद क्रिस्चिन कोजिन्स प्रमुख अतिथि थिइन् । उनले उपस्थित नेपाली समूदायलाई टिका लगाइदिएकी थिइन् । नेपालीको चाडमा नेपाली समूदाय मात्रै सहभागी बन्दै आएकोमा यसपटक भने अन्य समूदायले पनि अभिरुचिपूर्वक यसमा भाग लिएका छन् । कार्यक्रको क्रममा बोल्दै सांसद कोजिन्सले जिलोङको नेपाली समुदायको भावनासँग आपूm नजिक रहेको बताइन् । उनले भिक्टोरियाका प्रिमियर डानियल एण्ड्र्यू र अस्ट्रेलियाका पूर्वमन्त्री एबं बर्तमान छायाँमन्त्री रिचार्ड मार्सले पनि दशैंको शुभकामना दिएको बताइन् । कार्यक्रममा जिलोङ नेप्लिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी९कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका तर्फबाट नेपालका लागि धेरै बर्षदेखि बिभिन्न किसिमबाट योगदान दिंदै आएका ब्राड क्लार्क र ग्राहेम केण्टलाई ‘फ्रेण्डस अफ नेपाल’ उपाधि प्रदान गरिएको बताए । यस्तै मिस वर्ल्ड अस्ट्रेलियाकी फाइनलिस्ट राशी कपूर, अस९लन्का बिजिनेस काउन्सिलकी अध्यक्ष एबं मिस अस्ट्रेलिया श्रीलंकाकी प्रबन्ध निर्देशक डिल्किए पेरेरा, मिस श्री लंका अस्ट्रेलिया २०१५ की मिस फोटोग्राफिक सारा लियाङे र मिस श्री लंका अस्ट्रेलियाकी एक्जेक्युटिभ साभिन्दी पेरेरा जैनुदीनलाई पनि ‘फ्रेण्ड्स अफ नेपाल’ सम्मान दिने बताइएको थियो । १५ बर्ष मुनिका स्टार एथलेस्ट अतुल श्रेष्ठ र भिक्टोरियाकै मुए थाइ च्याम्पियन जोह्नी बर्केलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपालमा भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने बारवन हेड्स कम्युनिटी, फ्रेण्ड्स अफ जुस, रोटरी क्लब अफ टोर्के, स्क्वाइर लफ्ट टोर्के र वेभ्स रेस्टुरेन्ट र शर्लेट अर्नोल्ड बेर्विनलाई पनि सम्मान गरिुउको थियो । कार्यक्रममा अनुस्का पोखरेल, प्रज्ञा कुमारी पटेल, कृतिका भुसाल, मुस्कान करन्जित, रेखा श्रेष्ठ, कल्पना घिमिरे सापकोटा, र यनु दाहालले न्रित्य प्रदर्शन, श्रेस्टी श्रेष्ठ, सल्मा बहामडम र सारा लियाङेले विभिन्न मनोरञ्जनात्मक प्रस्ुतिका साथ दशैं जमघटलाई उल्लासमय बनाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?