संविधानको रक्षा र पालनामा सम्झौता नगर्ने उपराष्ट्रपति पुनको भनाई


gjlgjf{rLt pk/fi6«klt gGbaxfb’/ k’g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै व्यवस्थापिका–संसद् सचिवालयले बधाई तथा शुभकामनाको विशेष व्यवस्था ग¥यो । पुन सांसद नभएका कारण सचिवालयले शङ्कर हलमा विशेष समारोहको आयोजना ग¥यो । उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, विभिन्न राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र कर्मचारीले बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँहरुले सफल कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । व्यवस्थापिका–संसद् भवनमा विभिन्न राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताले राष्ट्रिय झन्डा फहराएर स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति पुनले सो अवसरमा संविधानअनुसार नै आफू अगाडि बढ्ने र संविधानको रक्षा र पालना गर्न सबैसँग मिलेर काम गर्ने सङ्क्षिप्त प्रतिक्रिया दिनुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै पुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुग्नुभएको थियो । लाजिम्पाटमा सामान्य परामर्शपछि उहाँ आफ्नो निजी निवास कपन पुग्नुभएको छ ।
नयाँबानेश्वरमा स्वागत समारोह
एमाओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो पार्टीका नेता तथा कार्यकर्ताले नयाँबानेश्वरमा मैनबत्ती बालेर स्वागत गरेका थिए । एमाओवादीको सहायक सङ्गठन योङ् कम्युनिस्ट लिग (वाइसिएल) जनवर्गीय सङ्गठन, अनेरास्ववियु (क्रान्तिकारी) लगायतले राष्ट्रिय झन्डा फहराउँदै स्वागत गरेको वाइसियलका उपत्यका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको र त्यसको सहज कार्यान्वयनका लागि महत्वपूर्ण योगदान दिनसमेत एमाओवादीका नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सहयोग गरे जस्तै संविधानको सहज कार्यान्वयन गर्न पनि उपराष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण हुने विश्वास गरिएको सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?