ईस्लामिक स्टेटले रसियाली विमान खसालेको दावी
रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको विमान यात्रारत कम्तिमा १०० जनाको मृत अवस्थामा उद्दार गरिएको यहाँको सुरक्षा स्रोतले जनाएको छ । तर यहाँका संचार माध्यमले भने ए–३२१ एअरबसमा यात्रारत सवैको मृत्यु भएका जनाएका छन् । सो विमानमा सात चालक दलका सदस्य सहित २१७ जना यात्रु रहेका इजिप्टको प्रधानमन्त्री कार्यालयले शनिबारे जानकारी दिएको छ । सिनाई प्रान्त पछिल्लो समयमा द्वन्द्वग्रस्त प्रान्त हो ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जादै गरेको थियो । रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको बताइएको छ । रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५.५१ बजे उडेको थियो । प्रारम्भिक समाचारअनुसार विमानका धेरैजसो यात्रु रसियाली नागरिक रहेका थिए । नाम गोप्य राख्ने शर्तमा विमान र यात्रुको बारेमा समाचार लिन दुर्घटनास्थलसँग सम्पर्क भइरहेको जनाउदै एक प्रहरीले बताए, “विमानमा सवार प्राय सवै जीवित रहनसक्ने झिनोमात्र आशा रहेको छ । रसियाली विदेश मन्त्रालयले आकस्मिक उद्वारका साथै उक्त दुर्घटनाका बारेमा थप अनुसन्धान गर्नसुरक्षाकर्मी र विज्ञहरुको विशेष समूह गठन गर्न आदेश दिइसकेको छ । विमानको थप जानकारी प्राप्त गर्न सरकारीे प्रयास तथा अनुुसन्धान जारी रहेको बताइएकोे छ । सुरक्षा अधिकारीले उद्दार गरिएका मृत शरिरलाई सेनाको विमान तथा एम्वुलेन्सद्वारा नजिकैको अस्पतालमा पु¥याउन थालिएको राज्य नियन्त्रित अहराम अनलाइन समाचार संस्थाले बताएको छ । उक्त अनलाइन समाचार संस्थाका अनुसार विमानमा प्राविधिक गडवडी भएकाले दुर्घटनाग्रस्त हुनपुगेको जनाइएको छ । घटनाको अनुगमन गर्न बनाइएको समितिका प्रमुख अयमान अलमोकादेमले भने, “विमानमा प्राविधिक गडवडी भएको अनुभव विमान चालकले गरेपछि उड्डयन अधिकारीलाई सूचना गरेका थिए ।” चालकले नजिकैको विमानस्थलमा संकटकालिन अवतरणको अनुमति लिन खोज्दै गरेको अयमानले बताए । उड्डयन मन्त्रालयले भने दुर्घटनाको कारण अझै थाहा भइनसकेको र आवश्यक अनुसन्धान पछि मात्रै सवै थाहा हुने बताउनुभयो ।
राष्ट्रपति पुटिनद्वारा समवेदना व्यक्त
यसैबीच, राष्ट्रपति पुटिनले, दुर्घटनामा परेका पीडित परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै धैर्य भई यस विपद्को सामना गर्न अनुरोध गर्नुभएको छ । साथै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री डिमित्री मादवेदेवलाई दुर्घटनाग्रस्त विमानका बारेमा अनुसन्धान अघि बढाउन एक छानबिन आयोग बनाउन यहाँका प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति पुटिनले रसियाली एअरबस ए–३२१ को दुर्घटना भएको स्थानमा इजिप्टसँग समन्वय गरी एक हेलिकप्टर पु¥याउन निर्देश गर्नुभयो । प्रधानमन्त्री मादवेदेवले रसियाली यातायात मन्त्रीलाई कायरो गई पीडित परिवारजनलाई आवश्यक सहयोग पु¥याउन ठोस कदम चाल्न आग्रह गर्नुभएको छ । राष्ट्रपति पुटिनले दुर्घटनामा परेका पीडित परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै धैर्य भई यस विपद्को सामना गर्न अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति पुटिनले पीडितका आफन्तजनलाई चाहिने सहयोग एवम् अत्यावश्यक सेवा तत्काल दिन आग्रह गर्नुभएको छ ।
यसैबीच, इजिप्टमा आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएको इजिप्टको इश्लामिक स्टेट समूहले जहाज दुर्घटना गराउनमा आफ्नो हात रहेको बताएको छ । आइएस समूहले विमान आफ्नो योजनाअनुसार दुर्घटना गराएको र यसमा कोही जीवित नरहेको उक्त समूहले ट्वीट गरी जनाएको छ ।