ग्रानभिलका अभिभावकहरुलाई निशुल्क स्वास्थ्य जाँच शिविर


Dr. Keshab Bhattraiसिड्नीको नेपाली बसोबास गर्ने ठाउँमध्येको एक ग्रानभिलको टाउन हलमा शनिबार भिन्दै माहोल देखिन्थ्यो । नेपालबाट विभिन्न सिलसिलामा अष्ट्रेलिया आएका अभिभावकहरु धमाधम आफ्ना समस्या उपस्थित चिकित्सकहरुलाई बताउँदै थिए । १५ जना डाक्टरहरुको टोली उनीहरुका समस्या सुन्न, उनीहरुलाई आवश्यक औषधि सिफारिश गर्न र सावधानीका उपायहरुबारे अवगत गराउँदै थिए । ग्रानभिल नेप्लीज कम्युनिटी क्लब, ग्रानभिल अभिभावक समितिले अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसनको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ५० भन्दा बढी अभिभावकहरुले सेवा लिएका छन् । नेपाली अभिभावकहरुमा मुख्यतः ग्याष्ट्रिक, रक्तचाप, सुगर, दम लगायतका समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । यसअघि शब्दमाला भाषा विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिसकेको नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसनका चिकित्सकहरुको टोलीले दोश्रो पटक अभिभावकहरुको निम्ति कार्यक्रम गरेका हुन् । केही महिना अघि स्थापना भएको संघ अझै पनि पूर्णताकै चरणमा छ । आगामी कार्यक्रमहरु बनाउने र अष्ट्रेलियामा रहेका नेपाली समूदायका साथै नेपालमा पनि विविध कार्यक्रम गर्ने योजना उनीहरुको छ । तीन नर्स र १२ चिकित्सक स्वास्थ्य परीक्षणमा व्यस्त थिए । 0U2A7310शिविरमा अभिभावकहरुको स्वास्थ्य परीक्षण गर्ने डाक्टरहरुमा डा. अन्जु पाण्डे, डा. कुन्दन गिरी, डा. प्रविन पाठक, डा. ऋचा दिक्षित, डा. सिर्जना शर्मा, डा. केशव भट्टराई, डा. सिताराम जोशी, डा. सुस्मिता दाहाल, डा. गणेश श्रेष्ठ, डा. पूजा पौडेल, उष्मा थापा, डा. अर्मा जोशी थिए । स्वास्थ्य परीक्षणमा नर्सहरु प्रमिला स्थापित, रविना बुढामगर र श्रृष्टि शर्माले साथ दिएका थिए । संस्थाका अध्यक्ष डा. केशव भट्टराईले एमएनटीभीसँग कुरा गर्दै स्वास्थ्य परीक्षण गर्न आएका अभिभावकहरुको प्रतिक्रियाबाट आपूmहरु हर्षित बनेको बताउनुभयो । यहाँ अभिभावकहरुको सहभागिता र उहाँहरुको प्रतिक्रियाबाट हामी उत्साही बनेका छौं, भट्टराईको प्रतिक्रिया छ । यसअघि नेपालमा भूकम्प जाँदा भूकम्प पीडितको सहयोगको लागि पनि संस्थाले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । अष्ट्रेलियाका अन्य शहरहरुमा पनि यसै किसिमको स्वास्थ्य अभियान लिएर जाने पनि भट्टाईले जानकारी दिनुभयो । अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुलाई एकताबद्ध गर्ने र विभिन्न सामाजिक कामहरु गर्ने उद्देश्यका साथ संस्था खोलिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?