झण्डा जलाउने काम निन्दनीय भएको उपेन्द्र यादवको तर्क


upendra yadavसङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबार घेर्ने मोर्चाको तत्काल कार्यक्रम नरहेको बताउनुभएको छ । उहाँले मोर्चा चीन र भारतको विरोधमा छैन भन्दै कुनै पनि राष्ट्रको झन्डा जलाउने काम निन्दनीय भएको पनि बताउनुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष यादवले आगामी वार्ताको अवस्था हेरेर मोर्चाले आन्दोलनको स्वरुपमा विचार गर्नेछ भन्दै नाटकका लागि मात्र वार्ता गर्न नहुनेमा जोड दिनुभयो । उहाँले मोर्चा सहमति र संवादमा विश्वास राख्छ भन्दै सरकार वार्तालाई उपलब्धिपूर्ण बनाउन ठोस रुपमा प्रस्तुत हुनुपर्ने खाँचो पनि औँल्याउनुभयो । अध्यक्ष यादवले मधेसको मुद्दा राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक तबरले हुनुपर्नेमा जोड दिनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गर्नुभयो उहाँले नाकाबन्दी पूर्ण रुपले सशक्त रहेको छ भन्दै सरकारले नाकाबन्दीका बारेमा गलत समाचार प्रसारण गराइराखेको पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?