सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन गर्न आग्रह


????????????????????????????????????????????????????????????????????विभिन्न राष्ट्रिय खेलकुद सङ्घले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको घोषित मिति परिवर्तन गरी भारतमा हुने आसन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा जुट्नुपर्ने सुझाव राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँग भएको छलफलमा मुलुकको विभिन्न ठाउँमा जारी बन्द, हडताललगायत प्रतिकूल अवस्थाका कारण उक्त प्रतियोगिताको घोषित मितिलाई परिवर्तन गर्न अधिकांश पदाधिकारीले यस्तो सुझाव दिनुभएको हो । छलफलमा सातौँ राष्ट्रिय खेलकुद सागपछि आयोजना गर्नुपर्ने, सागको तयारीमा गम्भीर भएर जुट्नुपर्ने, खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाउनु पर्नेलगायतका सुझाव दिनुभएको थियो । राखेप सदस्य–सचिव विष्टले एक÷दुई महिनापछि सारे पनि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । “एक÷दुई महिनापछि सारे पनि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै गर्नुपर्छ”, सदस्य–सचिव विष्टले भन्नुभयो । छलफलमा बक्सिङ, सुटिङ, पौडी, जुडो, भलिबल, ह्यान्डबल, बास्केटबल, फुटबल, लनटेनिस, हक्की, कुस्ती, आर्चरी, टेबलटेनिस, स्क्वास, भारोत्तोलन, ट्र्याथलन, ब्याडमिन्टन, खोखो, कबड्डी, एथलेटिक्स, उसुलगायतका सङ्घका अध्यक्षको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?