झापाका १० विद्यालयलाई झापाली समाज अष्ट्रेलियाको ३० लाख सहयोग


jhapaझापाका ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर तथा स्तरोन्नति गर्न झापाली समाज अष्ट्रेलियाले शैक्षिक परियोजना अन्तर्गत आर्थिक सहयोग गर्ने भएको छ ।
झापाली समाज अष्टे«लियाले बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच झापाका दश सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरिएको हो । सहयोग घोषणा गरिएका विद्यालयहरुमा वाल कल्याण मावि महाभारा, लक्ष्मी उच्च मावि वनियानी, भृकुटी निमावि सरणामति, धुलावारी उच्च मावि धुलावारी, भद्रकाली उच्च मावि कोहभरा, महेन्द्ररत्न उच्च मावि बिर्तामोड, बीरेन्द्र उच्च मावि चन्द्रगढी, फूलवारी उच्च मावि चकचकी, कनकाई उच्च मावि सुरुङ्गा र सरस्वती मावि दमक रहेका छन् । १० वटा विद्यालयलाई तीन लाखका दरले ३० लाख रुपैयाँ उपलव्ध गराइने झापाली समाज अष्टे«लियाका अध्यक्ष दीपक खनालले जानकारी दिए ।
यसैगरी झापाली समाज अष्टे«लियाले नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित ब्लड वैंकका लागि दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गरेको थियो । खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अष्टे«लियाका निर्वतमान अध्यक्ष महेन्द्र ओली, झापाली समाज अष्टे«लियाका निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले झापाको विकासका लागि झापाली समाज अष्टे«लियाले सदैब सहयोग गर्ने वताएका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा, नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटी, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्री लगायतले वोलेका थिए ।
झापाली समाज अष्टे«लियाका सल्लाहकार सदस्य कर्ण राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापाली समाज अष्टे«लियाका सल्लाहकार सदस्य सन्तोष सिटौलाले गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?