नाकाबन्दी हट्ने संकेत आएको प्रधानमन्त्रीबाट सचिवहरुलाई जनाउ


…;u’g 86sdÚ ;’? ;u’g ;d”xn] …;u’g 86sdÚ ;fdflhs ;~hfnsf] pb3f6g ;df/f]xnfO{ cfOtaf/ ;Daf]wg ug'{x’Fb} k|wfgdGqL s]kL zdf{{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको अभावको समस्या समाधान र सहज वितरणका लागि सरकारले गर्नुपर्ने कामका बारेमा मुख्यासचिव डा सोमलाल सुवेदीलगायत विभिन्न सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी खुल्नसक्ने केही संकेत आएको बताएका छन् । प्रधानमन्त्रीले यसका लागि तयारी अवस्थामा हन पनि सचिवहरुलाई निर्देशन दिएका थिए । नाकाबन्दी खुले पनि नखुले पनि हामी तयारी अवस्थामा रहनु पर्दछ, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दैश्रोतले भन्यो । प्रधानमन्त्री ओलीले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन सङ्कटमा सबै उपाय अवलम्बन गर्न र विद्यमान वितरण प्रणालीलाई पारदर्शी र सहज रुपमा कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ । छलफलमा अर्थ, गृह, वाणिज्य तथा आपूर्ति र सहरी विकास मन्त्रालयका सचिवको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?