न्याय, समानता, अधिकार र सम्मानको पक्षमा उठेको आवाजलाई सम्बोधन गर्न तयार – कार्यबाहक सभापति पौडेल


gjnk/f;L af6 k|sfzg ;’? ePsf] ljho va/ ;fKtfxLs klqsfsf] duªnaf/ cfof]hLt ladf]rg ;df/f]xdf ;xefuL g]kfnL sfFu|];sf sfo{jfxs ;efklt /fdrGb| kf}8]n . tl:a/ M k’?iff]Qd ;’a]bL, gjnk/f;L, /f;;

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलका बीचमा बसेर न्याय, समानता, अधिकार र सम्मानको पक्षमा उठेको आवाजलाई सम्बोधन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र र गणेशमान सिंह फाउण्डेसनद्वारा आज यहाँ आयोजित आर्थिक क्रान्ति र समावेशीता विषयक अन्तक्र्रियामा उहाँले मधेसी जनताप्रति हुँदै आएको बोली र व्यवहारले पनि मधेस आन्दोलनलाई मलजल गरिरहेको आपूmले महसुस गरेको टिप्पणी गर्नुभयो । मधेसी जनताप्रति हुँदै आएको बोली, वचन, व्यवहारलाई सुधारेर मैत्रीपूर्ण बनाउन म पार्टीका सबै तह र तप्कालाई ध्यानाकर्षण गराउँछु– उहाँले भन्नुभयो । आर्थिक क्रान्ति र समावेशीताका विषयमा स्व गणेशमान सिंहले दिएको सुझाव र मार्गचित्रलाई नेतृत्वले बेवास्ता गर्दाको परिणाम अरु पार्टीले उठाएका ती एजेण्डाले नेपाली काँग्रेसलाई लखेटिरहेको बताउँदै उहाँले सबै जातजाति, वर्ग समुदायलाई सन्तुलनमा राखेर अघि बढेमा मात्र लोकतन्त्रले स्थायित्व पाउन सक्छ भन्ने सिंहको भनाइ सधैँभरि सान्दर्भिक रहनेछ भन्नुभयो । फाउण्डेशनका अध्यक्ष एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन र संविधान जारी गर्ने सिलसिलामा जस्तै आर्थिक क्रान्तका लागि एकपटक फेरि राजनीतिक दल एक ठाउँमा उभिन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो– “नेपाललाई आफैँ खुट्टामा टेक्न सक्ने आत्मर्निभर तुल्याउन अहिले दलबीच साझा एजेण्डा बनाएर अघि बढ्न आवश्यक छ, त्यसका लागि दल एक ठाउँमा उभिनु पर्दछ ।” सबै मिलेर राजनीतिक परिवर्तन गरी लोकतन्त्र ल्याएकाले त्यसको सबैले अनुभूत गर्न पाउनुपर्छ भन्नेमा स्व गणेशमान सधैँ अडिग रहनुभएको उहाँको भनाइ थियो । सो पार्टीका केन्द्रीय सदस्य प्रदीप गिरीले पार्टी सत्तामा हँुदा पनि गलत प्रवृत्तिप्रति विद्रोह चलाउनुपर्छ भन्ने स्व गणेशमान सिंहको भनाइलाई सत्ता हाक्नेले बुझ्न सक्नुपर्छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य पद्मनारामण चौधरीले राजनीतिक दलले समयमै बुद्धि नपु¥याएको तथा राजनीति र कूटनीतिमा चुकेका कारण मधेस आन्दोलन हुन पुगेको र मुलुकले यो सङ्कट व्यहोर्नु परेको हो भन्नुभयो । सो पार्टीका युवा नेता विजुल विश्वकर्माले निष्ठा, समर्पण, त्याग र आदर्शको प्रतिमूर्ति भएकै कारण स्व सिंहलाई लौहपुरुष, सर्वाेच्च कमाण्डर, वरिष्ठ प्रजातन्त्रवादी नेता एवम् जनआन्दोलनका कमाण्डारलगायतका उपाधि प्राप्त गर्नुभएको चर्चा गर्नुभयो । महिलाअधिकारकर्मी डा दुर्गा पोखरेलले राजनीति र सिद्धान्तप्रति अडिग रहँदै अरुलाई पनि घात प्रतिघातमा उत्रने र बेइमान गर्नु हँुदैन भन्ने स्व सिंह दक्षिण एसियामै लोकतन्त्रका हिमायतीका रुपमा परिचित हुनुहुन्छ भन्नुभयो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष गणेशचन्द्र अधिकारी, प्राध्यापक कृष्णचन्द्र पौडेल, पार्टीका युवा नेता पोषराज पाण्डे, फाउण्डेशनका सदस्य माथवरसिंह वस्नेतले गणेशमानले राजनीतिमार्फत समावेशीता र आर्थिक क्रान्तिका लागि पु¥याएको योगदानको नेपाल र नेपालीले चीरकालसम्म स्मरण गरिरहने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?