संविधान संशोधन गरेर मधेशीका मागलाई सम्बोधन गर्ने तयारी


Prachandaतराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच गम्भीर छलफल भएको छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिनुभयो । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल हुनुभएको थियो । छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो । काँग्रेसले बिहीवार मधेसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?