नेपाल संवत् जनताको मौलिक संवत् हो : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११३६ को नया“ वर्ष शुभारम्भका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै यो संवत् नेपाली जनताको संवत् भएको बताउनुभएको छ । ऋणमा डुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै राष्ट्रिय विभूति साख्वाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । उहाँले नेपाल राष्ट्रका नाममा सुरु भएको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि जनताको संवत् भन्ने स्पष्ट हुने बताउनुभयो । “ऋणमा डुबेका नेपाली जनतालाई उहाँले ऋणमोचनका साथ दासत्वबाट मुक्त गराई सामाजिक सुधारको आरम्भ गर्नुभएको थियो, यसअर्थमा शङ्खधर साख्वाः एक प्रगतिशील समाज सुधारक र नेपाल संवत्का जन्मदाता हुनुहुन्थ्यो भने नेपाल संवत् नेपालीले सुरु गरेको आफ्नै संवत् थियो”– सन्देशमा भनिएको छ– “गरिबीले व्याप्त समाज र जनतालाई ऋणबाट मुक्त गर्न शङ्खधर साख्वाःले आफूसँग भएको धनसम्पत्ति सदुपयोग गर्नुभएको थियो ।” राष्ट्रिय एकता र समाजिक सद्भावलाई विकसित गर्नुपर्ने यो महत्वपूर्ण अवसरमा जनतालाई गरिबीबाट मुक्त गरी समृद्ध पार्नुपर्ने राष्ट्रिय दायित्व हामीसँग छ, लोकतन्त्र, शान्ति, स्थायित्व, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता सुदृढ बनाउने अभिभारा पूरा गर्न नेपाल संवत्को यो अवसरमा म सम्पूर्णमा हार्दिक आह्वान पनि गर्दछु ।”