काँग्रेससहितको सरकारी टोलीसँग मात्रै सफल वार्ता हुनसक्ने ठाकुरको ठहर
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ताको औचित्य नसकिएको बताउनुभएको छ । उहाँले वीरगन्जमा भएको घटनापछि वार्तामा केही शिथिलता आएको भएपनि वार्ताबाट मोर्चा कहिलेपनि नभागेको बताउनुभयो । जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले सरकारले वार्ता चाहेको अवस्थामा आपूmहरू वार्तामा बस्न तयार रहेको प्रष्ट पार्नुभयो । तर उहाँले वार्ताको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको समेत बताउनुभयो । वर्तमान वार्ता टोलीमा रहेका सदस्यलाई हटाएर नयाँ वार्ता टोली बनाउने तयारी भइरहेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ठाकुरले त्यो सरकारको कार्यशैलीमा निर्भर रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले नै अहिले वार्ता समिति गठन गरेको कारणले सरकारले जस्तो वार्ता समिति गठन गरेपनि वार्ताबाट आपूmहरू नभाग्नेसमेत बताउनुभयो । अध्यक्ष ठाकुरले वर्तमान संरचनामा नेपाली काँग्रेसलाई वार्तामा नराखेर सहमति भएको अवस्थामा त्यसको औचित्यसमेत नरहेको बताउनुभयो । अध्यक्ष ठाकुरले मोर्चा दुई प्रदेशमा मात्रै सहमति गर्ने बताउँदै मोर्चाको बटमलाइन नै दुई प्रदेश रहेको बताउनुभयो । उहाँले छठपछि आन्दोलनको कार्यक्रम अझ सशक्त हुने भन्दै आन्दोलनमा समयअनुकुल फेरवदल हुने गरेको भएपनि यसको विकल्पसमेत नरहेको बताउनुभयो । उहाँले मधेसका जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेकाले बिहारमा भएको निर्वाचनको परिणामले आन्दोलनलाई कुनैपनि प्रकारले कमजोर नबनाउने बताउनुभयो । ठाकुरले केही व्यक्तिहरू आन्दोलनलाई भाँड्नका लागि यस्तो भ्रामक प्रचार गरिरहेको बताउनुभयो । संविधान संशोधनका लागि दुई तिहाई पु¥याउन समेत काँग्रेसलाई वार्ता समितिमा राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष ठाकुरले बताउनुभयो ।