नागरिक अगुवाले भेटे प्रचण्ड, समस्या समाधान गर्न माग गर्दै बाबुराम पार्टी छोडेपछि पुगे दहाल निवास


baburamएकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालसँग पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नागरिक अगुवाले मुलुकमा जारी समस्याको समाधान गर्न आग्रह गरेका छन् । दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटमा तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिनआन्दोलनकारीका जायज माग पूरा गर्न आग्रह गरिएको डा बाबुराम भट्टराईको सचिवालयले जनाएको छ । नाकाबन्दी र जारी आन्दोलनबाट सिर्जित समस्यालाई सकारात्मकरुपमा समाधान गर्न नागरिक अगुवाले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको सुरुवात गरेको सहभागीले जनाएका छन् । नागरिक अगुवाले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तर्राष्ट्रिय पक्षसँग पनि भेटघाट तथा छलफल गरी वातावरण सहज बनाउन सकारात्मक पहलका निम्ति अभियान चलाउने सचिवालयले उल्लेख गरेको छ । उक्त अभियानमा नागरिक अगुवाहरु डा देवेन्द्रराज पाण्डे, डा पीताम्बर शर्मा, सीके लाल, कृष्ण हाछेंथु सहभागी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?