सन्तोष श्रेष्ठले जिते ओलम्पियामा स्वर्ण पदक


Santosh Shresthaबुटवल घर भई अष्ट्रेलियामा बसोबास गर्ने फिटनेश मोडल सन्तोष श्रेष्ठले अर्को उपाधिमाथि कब्जा जमाएका छन् । उनले लास भेगासमा भएको ओलम्पिया नेचुरल प्रतियोगिताको ओपन बिच बडी विधामा स्वर्ण पदक जितेका हुन् । पदक लिँदै गर्दा उनले अष्ट्रेलियाको झण्डासँगै नेपाली झण्डा पनि फहराएका थिए । ओलम्पियाजस्तो प्रतिष्ठत प्रतियोगितामा आफ्नो प्रतिभा देखाउने उनको उत्कट चाहना थियो । एमएनटीभीसँगको कुराकानीमा उनले यसको निम्ति तयारी गरेको बताएका थिए । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विजयी बनेपछि उनले प्रतिक्रिया दिँदै हौसला दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सन्तोष अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै ओलम्पिया पुगेका थिए । आईएनबीए अष्ट्रेलियाको टिमका साथ पुगेका सन्तोषले यसअघि दुबईमा भएको वल्र्ड च्याम्पियनशिपमा पनि गोल्ड मेडल जितेका थिए । अध्ययनका लागि अष्ट्रेलिया आएका सन्तोषले निकै छोटो समयमै सफलतालाई चुमेका छन् । निरन्तरको सफलताको कारण उनले आफ्नो मेहनतलाई मानेका छन् । सन्तोष दिनहुँ १० घण्टासम्म व्यायाम गर्दछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?