पेरिस आक्रमणको योजना बेल्जियममा बनाइएको खुलासा


franceफ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको समाचारमा जनाइएको छ । बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो हमलाको योजना निर्माणको केही काम बेल्जियममा बसेर गरिएको खुलेको छ । फ्रान्सका गृहमन्त्री बर्नाड क्याजेनोभले दिएको समाचारअनुसार आइतबार रातिसम्ममा प्रहरीले बेल्जियमबाट यसका थप प्रमाणहरु भेटेको छ र त्यसका आधारमा यी तथ्यहरु खुलेका छन् । बेल्जियमको मेलान्बिक जिल्लामा सो योजना बनाइएको र त्यस जिल्लामा प्राप्त पछिल्लो तथ्याङ्कबाट आक्रमणकारीमध्येका दुई जना त्यहाँ बस्ने गरेका खुलेको हो । सो आक्रमणमा संलग्न आठजना मध्ये दुई जना फ्रान्सकै नागरिक रहेका र ती दुई जना विगत लामो समयदेखि नै सो जिल्लामा बस्दै आएका पाइएको प्रहरी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा देखिएको छ । फ्रान्सको प्रहरीले एकजना २६ वर्षीय अब्देसलाम सलाहको खोजीलाई व्यापक बनाएको छ । सो व्यक्ति निकै खतरनाक रहेको प्रहरीले जनाएको छ । सो व्यक्ति बेल्जियममा जन्मेको थियो । यस आक्रमणमा मुख्य हात उसैको रहेको भन्दै प्रहरीले उसको पक्राउका लागि प्रयास थालेको बताएको छ । शनिबार बिहानदेखि प्रहरीले कम्तीमा पनि सातजना बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । ती मध्ये एकजना तिनै सलाहका दाजुसमेत रहेका बताएको छ । यसअघि शनिबारै फ्रान्सका राष्ट्रपति फासाँ अल्याण्डले पनि उक्त हमलामा विदेशी नागरिककै हात रहेका बताउनुभएको थियो । तर पछि गरिएका अनुसन्धानमा यसमा फ्रान्सेली पनि संलग्न भएका देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?