नेपाली फुटबलको अर्को विकृतिमा फिफाको प्रहार, गणेश थापा १० वर्ष निलम्बित


ganesh thapaअखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापाले १० वर्षसम्म कुनै फुटबल गतिविधि गर्न नपाउने हुनुभएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले थापालाई घुस लिएको आरोपमा १० वर्षे प्रतिबन्धसँगै २० हजार स्विस फ्राङ्क जरिवाना पनि गरेको छ । एसियाली फुटबल महासङ्घका उपाध्यक्षको कार्यभार सम्हालेका थापाविरुद्ध फिफाको आचार समितिले यस्तो कदम चालेको हो । “फिफाको यही कात्तिक २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो,” फिफालाई उद्धृत गर्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताउनुभयो । उहाँले अध्यक्ष थापामाथि कारबाहीबारे एन्फा कार्यसमितिको विधानअनुसार केही दिनभित्रै बैठक बसेर निर्णय लिइने बताउँदै भन्नुभयो – “फिफाको निर्णय हामी मान्नेछौँ ।” फिफाको विधानअनुसार अध्यक्ष थापाले कारबाहीविरुद्ध अपिल भने गर्न पाउनुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?