एमालेका पुराना नेता पाण्डेको निधन


g]skf -Pdfn]_sf gjnk/f;L lhNnfsf g]tf O{Zj/Lk|;fb kf08]k|lt >4f~hln g]skf -Pdfn]_sf gjnk/f;L lhNnfsf g]tf O{Zj/Lk|;fb kf08]k|lt >4f~hln JoQm ug{ kf6L{ sfof{no w’daf/fxLdf k’u]sf kf6L{ cWoIf Pjd k|wfgdGqL s]kL zdf{ cf]nLnufot cGo g]tfx? . tl:a/ M /Tg >]i7, /f;;

नेकपा (एमाले)का पुराना नेता ईश्वरीप्रसाद पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । एमाले नवलपरासी जिल्ला कमिटीका पूर्व पार्टी प्रमुख (सचिव) तथा जिविसका पूर्व सभापति ७३ वर्षीय पाण्डे पञ्चायतकालमा पार्टीका नेताहरूलाई ‘सेल्टर’ दिने नेतासमेत हुनुहुन्छ । मिर्गौला रोगबाट पीडित उहाँको डायलायसिसका क्रममा निधन भएको हो । उहाँले पार्टी जिल्ला कमिटीमा तीन कार्यकालसम्म सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले उहाँको पार्थिव शरीरमा दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यसपछि पार्थिव शरीर अन्त्येष्टिका लागि गृह जिल्ला पठाइनेछ । पाण्डेका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?