पेरिसमा जलवायु सम्मेलन कुनैपनि हालतमा नरोक्ने अमेरिकी विदेशमन्त्रीको अडान


U.S. Secretary of State Kerry speaks about the Ukraine crisis after his meetings with other foreign ministers in Parisअमेरिकी विदेशमन्त्री जोन केरीले ‘घृणित तथा कायरतापूर्ण आक्रमण’ का कारण पेरिसमा संयुक्त राष्ट्रसङ्घको पहलमा हुने भनिएको जलवायुसम्बन्धी सम्मेलनलाई कुनै असर नपर्ने बताउनुभएको छ । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आतङ्ककारी हमलामा १२९ जनाको ज्यान गएको र करिब ३०० जना घाइते भएको सन्दर्भमा विदेशमन्त्री केरीले पेरिसको भ्रमण गर्नुभई आतङ्कवादविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको हो । आफ्नो पेरिस भ्रमणका  सन्दर्भमा यसै महिना नोभेम्बरको अन्त्यतिर हुने भनिएको जलवायु सम्बन्धमा हुने छलफलमा विश्वभरका सरकार प्रतिनिधि तथा जलवायु विज्ञहरुको पेरिसमा हुने भेलालाई कसैले रोक्न नसक्ने बताउनुभयो । अझ पेरिसमा गरिएको घृणित तथा कायरतापूर्ण आतङ्कवादी आक्रमणले भेलालाई कुनै असर पार्ने छैन, अमेरिकी विदेशमन्त्री केरीले बताउनुभयो ।

आफ्ना फ्रान्सेली समकक्षी लरेन्ट फेवियनसँग भेट गर्नुपूर्व अमेरिकी विदेशमन्त्री केरीले फ्रान्सका राष्ट्रपतिलाई भेटी अमेरिका आतङ्कवादसँग लड्न सधैँ अन्तर्राष्ट्रिय समुदायसित समन्वय गरी अघि बढ्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख छ । पत्रकारसँगको कुराकानीका क्रममा केरीले भन्नुभयो, “फ्रान्सले आगामी दिनमा कसरी अघि बढ्नुपर्छ राम्रोसँग जानेको छ । म यो कुरामा विश्वस्त छु ।” म अमेरिकी राष्ट्रपति ओबामासहित जलवायु सम्मेलनमा पेरिस आउने छु । मेरो आगामी भ्रमणमा यसपालीभन्दा पेरिसको लामो बसाइँ हुनेछ, केरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?