भारतीय नाकाबन्दीविरुद्ध क्रान्तिकारी माओवादीबाट आन्दोलनको घोषणा (कार्यक्रमसहित)


g]kfn rnlrq o’jf d~rn] cfh oxfF cfof]hgf u/]sf] sfo{qmddf gfsfaGbLn] k|tfl8t g]kfnL hgtfsf] cj:yfnfO{ ;d]l6Psf] rnlrq …dgsf] ph’/LÚ lgdf{0fsf nflu z’ef/De ub}{ g]skf–dfcf]jfbLsf dxf;lrj /fdaxfb’/ yfkf . tl:a/Ms[i0f/fh uf}td÷/f;;

भारतीय नाकाबन्दी, इन्धनको अभाव, महङ्गी र कालाबजारीबिरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले मङ्सिर ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने तथा १ बजेदेखि ३ बजेसम्म दूतावास अगाडि धर्ना दिने, मङ्सिर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुई घन्टा धर्ना दिने, मङ्सिर ११ गते देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता भई बनेको सो पार्टीले एकता प्रक्रियालाई तलसम्म विभिन्न बैठक, प्रशिक्षण कार्यक्रम गरी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले सम्पूर्ण केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्य विभाजन गरेको छ । सच्चा देशभक्त, जनवादी र बामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल तथा प्रयत्न गर्ने तथा पार्टीको राष्ट्रिय सम्मलेनको मिति केन्द्रीय सचिवालयको आगामी बैठकले टुङ्गो लगाउने माओवादीले निर्णय गरेको छ ।
दलहरू एकताबद्ध हुनुपर्ने
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मुलुकमा आन्तरिक समस्या समाधान नभएसम्म दिगो शान्ति र विकास सम्भव नभएको बताउनुभएको छ । नेपाल चलचित्र युवा मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले उत्पीडित, दलित तथा पछाडि परेका वर्गको आशा र अपेक्षालाई पूरा गर्न नसकेकाले अहिले देशमा आन्तरिक कलह र द्वन्द्व बढेको बताउनुभयो । महासचिव थापाले भारतले गरेको नाकाबन्दीका कारण देशमा बिरामीले औषधिसमेत नपाई मृत्युवरण गर्न परेकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा सबै दलहरू एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वसाधारण जनतालाई आवश्यक पर्ने उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि उचित विकल्प खोज्नुपर्ने बताउँदै देशमा रोजगारीको अवसर नहुँदा आधा जनसङ्ख्या विदेशिन बाध्य भएको त्यसले परनिर्भरतालाई बढाएको बताउनुभयो । सो अवसरमा महासचिव थापाले मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै नाकाबन्दीले ल्याएको इन्धन अभाव र त्यसबाट प्रताडित नेपाली जनताको अवस्थालाई समेटिएको चलचित्र ‘मनको उजुरी’ निर्माणका लागि शुभारम्भ गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?