राप्रपा नेपाल लाग्यो संगठनविस्तारमा, केन्द्रीय परिषद् बैठक काठमाडौंमा


/fk|kf g]kfnsf] s]lGb|o kl/ifbsf] a}7s ;d’b3f6g ;df/f]xdf kf6L{ cWoIf sdn yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को केन्द्रीय परिषद्को पहिलो बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष कमल थापाले बैठकको उद्घाटन गर्दै पार्टीको सङ्गठन विस्तार गरी जनताको विश्वास जित्न बैठकले महत्वपूर्ण योजना तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेसमा उत्पीडित तथा शोषित जनताको अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यहाँ भइरहेको आन्दोलन उनीहरूको पक्षमा नरहेको बताउनुभयो । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले छिमेकी राष्ट्रसँग पञ्चशीलको आधारमा कूटनीतिक सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै अहिलेको मधेस आन्दोलन मुलुकको समस्या भएकाले यसलाई नेपालीले नै समाधान गर्न सक्षम रहेको औँल्याउनुभयो । पार्टीका सह–अध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष टङ्क ढकाललगायतले देशमा विद्यमान समस्या चाँडो समाधान गर्न पार्टीले भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकले पार्टीको विधान संशोधनका लागिसमेत कार्य गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?