बालबालिकाको विवादमा एक व्यक्तिको नाक काटेर हत्या
महोत्तरीको परिकौली फुल्हट्टा गाविस–७ का बद्री महतोले लठ्ठी प्रहार गरी आफ्ना एक छिमेकीको हत्या गरेका छन् । उनले परिकौली फुल्हट्टा गाविस–७ का इब्राहिम मन्सुरीलाई लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । आइतबार छिमेकी ईब्राहिमका नातिनीले बद्रीको आलु खेतमा दिसा गरेको सम्बन्धमा दुवैजनाबीच विवाद हुँदा बद्रीले लठ्ठी प्रहार गरी इब्राहिमको नाक काटिदिएका थिए । नाक काटिएपछि गम्भीर घाइते भएका इब्राहिमलाई परिवारले सोही दिन उपचारका लागि भारतको दरभङ्गा लगेकोमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।