प्रतिपक्षको अवरोधका कारण स्थगित संसदको मंसिर १५ मा


Joj:yflksf–;+;bsf] laxLaf/sf] a}7s k|f/De x’gf;fy cf–cfˆgf] :yfgaf6 p7]/ af]Ng kfpmF eGb} k|d’v k|ltkIfL g]kfnL sfFu|]; / ;+o’Qm nf]stflGqs dw];L df]rf{sf ;f+;b . tl:a/ M /Tg >]i7, /f;;

व्यवस्थापिका–संसद्को बैठक पनि प्रतिपक्षी र मधेसी दलको अवरोधका कारण अवरुद्ध भएको छ । बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै संसदीय प्रक्रियामा अवरोध पु¥याउनुभएको थियो । सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिएपछि काँग्रेसका सांसद्ले पहिला आफूहरूले बोल्न पाउनुपर्ने भन्दै उठेर होहल्ला गरेका थिए । यादवले भनाइ राखेसँगै मधेसी दलबाट बैठकमा नाराबाजी हुने स्थिति भएकाले काँग्रेस सांसदहरूले आफूहरूले पहिला बोल्न पाउनुपर्ने जिकिर गरेका थिए । हात उठाएपछि दलीय आधारमा पालैपालो सबै सांसदलाई बोल्न दिइने भएकाले त्यतातर्फ टिप्पणी नगरी आफ्नो स्थान ग्रहण गरेर सहयोग गर्न सभामुख घर्तीले आग्रह गर्नुभयो । सभामुख घर्तीले बोल्न समय दिने आफ्नो अधिकार भएको र विधिअनुसार समय दिइएकाले अवरोध नगर्न आग्रह गर्दागर्दै पनि सांसद्ले नमानेपछि बैठक स्थगन हुन पुगेको हो । काँग्रेसका सांसद्हरूले दलीय आधारको औचित्य सिद्ध गर्न र कसलाई पहिला बोल्न दिने भन्ने स्पष्ट पार्न माग गरेका थिए । यसबीचमा सरकारलाई समर्थन गरिरहेको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न पाऊँ भन्दै समय माग गर्नुभएको थियो । संविधानमा असन्तुष्ट मधेसी दलको अवरोधका कारण यसअघिका संसद्का बैठक पनि अवरोध हुँदै आएको थियो । संसद्को अर्काे बैठक यही मङ्सिर १५ गते बिहान ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?