बाबुराम भट्टराई सडकमा, सरकारलाई जवाफदेही बन्न सुझाव


Gfful/s ;~hfnåf/f dw]; cfGbf]ng, e”sDk k|efljtsf b’Mvsi6 / xToflx+;f tyf sfnf]ahf/L cGTo ug{ p7f}+ h’6f}+ eGg] gf/fsf ;fy zlgaf/ dfOlt3/ d08nfaf6 ;+;bejg afg]Zj/;Dd cfof]lht ¥ofnLsf ;xefuLx? . tl:a/ M k|bLk/fh jGt, /f;;

नागरिक सञ्जालले मधेस आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै पदयात्रा निकालेको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा आज माइतीघरबाट नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । मधेस आन्दोलनको तत्काल सम्बोधन, भूकम्पपीडितको आधारभूत आवश्यकता सम्बोधन, पुनःनिर्माण प्राधिकरण चाँडो गठन, सार्वजनिक सम्पत्तिको दुरुपयोग बन्द, कालोबजारीको अन्त्य र आधारभूत उपयोग्य वस्तुको आपूर्ति सहज गराउन माग गर्दै पदयात्रा निकालेको हो । सरकारलाई जनताप्रति जवाफदेही बनाउन र विद्यमान समस्याको छिटो राजनीतिक हल गर्न दबाब दिएको सञ्जालले जनाएको छ । कोणसभामा महिलाको तर्फबाट सृष्टि पन्त, दलितको तर्फबाट सरु सुनुवार, मधेसीको तर्फबाट रामेश्वरप्रसाद चौरासियाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँहरुले मधेसी जनताको जायज मागलाई वार्ताका माध्यमबाट समाधान भूकम्पपीडितको समस्या समाधान गर्न माग गर्नुभएको थियो । सो सभामा पूर्वप्रधानमन्त्री भट्टराई, पूर्वमन्त्री हिसिला यमी, एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल सद्भावना पार्टीका महासचिव मनिषलाल सुमन, स्तम्भकार खगेन्द्र सङ्गौला, राजनीतिक विश्लेषक सिके लाललगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?