अध्यक्ष दाहालद्वारा प्रम ओली र सभापति कोइरालासँग भेट


;+ljwfg hf/L ePsf] pknIodf k|wfgdGqL lgjf; afn’jf6f/df k|wfgdGqL s]kL zdf{ cf]nLn] cfof]hgf ug'{EfPsf] lbjf ef]hdf PsLs[t g]skf-dfcf]jfbL_sf cWoIf k’iksdn bfxfn, sfFu|]; ;efklt ;’zLn sf]O/fnfnufot g]tfx? . tl:a/ M ;f}hGo k|wfgdGqLsf] lghL ;lrjfno

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई छुट्टाछुट्टै भेटी भारतद्वारा गरिएको नाकाबन्दी र मधेस आन्दोलन समाधानका विषयमा छलफल गर्नुभएको छ । दुवै भेटमा अध्यक्ष दाहालले आगामी मङ्सिर १५ गते डाकिएको संसद्को बैठकअघि नै मधेसको समस्या समाधान गर्न आवश्यक कदम चाल्ने र नाकाबन्दीका बारेमा प्रमुख दलहरुबीच समान धारणा बनाउनेबारे छलफल गर्नुभएको दाहालका सहयोगी एमाओवादीका केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग आज साँझ भएको भेटमा अध्यक्ष दाहालले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत मधेसवादी दल सम्मिलित त्रिपक्षीय बैठक तुरुन्त बोलाउन आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सहमति खोज्न अब ढिलो गर्न नहुने भनाइ प्रधानमन्त्रीसँग राख्नुभएको बताइएको छ । भेटमा प्रधानमन्त्रीले त्रिपक्षीय बैठक तुरुन्त राख्ने जानकारी अध्यक्ष दाहाललाई दिँदै आफू समस्या समाधानका लागि प्रयासरत रहेको जानकारी दिनुभएको थियो । त्यसअघि, आजै साँझ अध्यक्ष दाहालले काँग्रेस सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा पुगी छलफल गर्नुभएको थियो । भेटमा अध्यक्ष दाहालले प्रमुख तीन दल मिलेर नै संविधान जारी भएको बताउँदै अब संविधानको कार्यान्वयनमा पनि तीन दल मिलेर जानुको विकल्प नरहेकोमा जोड दिनुभएको एमाओवादी केन्द्रीय सदस्य खड्काले जानकारी दिनुभयो । मधेस आन्दोलनका माग समग्र प्याकेजमा खोज्नुपर्नेमा दुवै नेताहरुबीच सहमति भएको छ । भेटमा सभापति कोइरालाले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको समावेशी, समानुपातिक प्रणालीसम्बन्धी प्रस्ताव पारित गरे मधेसको धेरै मागको सम्बोधन हुने भन्दै त्यो पारित गर्न सहयोगका लागि अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । यसअघि, हिजो सभापति कोइरालाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसंग मधेश आन्दोलनको समाधानका विषयमा छलफल गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?