पोखरामा सद्भाव ¥याली, नाकाबन्दी फिर्ता लिएर मातृभूमिको आँशु पुछ्न माग


pokhara‘नाकावन्दी खुला गरौँ, वर्तमान गतिरोध अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ यहाँ बृहत् सद्भाव ¥यालीको आयोजना गरियो । हिमाल, पहाड, तराई कोही छैनाँै पराइ, मातृभूमि रोइरहेको छ अभैm पीडा नथपौँ, अघोषित नाकाबन्दी तुरुन्त खुला गरौँ, जनतालाई दुःख दिएर होइन वार्ताबाटै समस्या समाधान गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेको सो ¥याली नगर परिक्रमापछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । सामाजिक जागरणका लागि नारी अभियान कास्कीको आयोजना तथा पोखरा नगर महिला समन्वय समितिको संयोजनमा भएको ¥यालीमा पोखरा उपमहानगरपालिकाका २८ वटै वडा, विभिन्न सङ्घसंस्था, धार्मिक संस्था, नागरिक समाज, विद्यार्थी, आमा समूह र टोल विकास संस्थाको सहभागिता थियो । ¥याली समापनपछि आयोजित सभालाई सम्बोधन गर्दै कार्यक्रम संयोजक सुष्मा पौडेलले नेपाल र भारतबीच वर्षौंदेखि चलिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउँदै अघोषित नाकाबन्दी तुरुन्त हटाएर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?