अष्ट्रेलियाको मौसम विभागमा साईबर एट्याक, चीनतर्फ आरोप


weatherअष्ट्रेलियाको मौसम विभागमा साईबर एट्याक भएको छ । उक्त विभागमा रहेका सुपरकम्प्युटरमा गरिएको यो आक्रमणले लाखौं डलरको क्षति गराएको बताइएको अष्ट्रेलियाको राष्ट्रिय प्रशारण संस्था एवीसीले भरपर्दो श्रोतलाई उद्धृत गर्दै दिएको समाचारमा मौसम विभागमा भएको यो आक्रमणले अन्य विभिन्न नियोगहरुलाई पनि प्रभावित पारेको बताइएको छ । अपराधिक मानसिकताका साथ यस्तो साईबर आक्रमण गरिएको जनाउँदै यस्तो आक्रमण कहाँबाट भएको हो भन्ने विषयमा संकेत गर्दै चीनतर्फ औंला उठाइएको छ । आक्रमणको कारण रणनीतिक र व्यापारिक दुबै भएको अनुमान पनि गरिएको छ । अष्ट्रेलियाको मौसम सम्बन्धमा सही सुचनाको प्रणालीमा गरिएको यस आक्रमणले केही उडानहरुमा समस्या ल्याउनसक्ने र मौसम विभागले अन्य श्रोतहरुलाई उपलब्ध गराउँदै आएको सूचनामा पनि असर पुग्नेछ । यसको प्रतिक्रियामा प्रधानमन्त्री म्याकलुम ट्रनबुलका प्रवक्ताले भनेका छन् । हामी मौसम विभागमा भएको भनिएको घटनाका बारेमा प्रेसमा आएका सूचनाबारे अवगत छौं । तर, कुनै विषयमा टिप्पणी नगर्दै उनले भने साईबर आक्रमण जुनसुकै भएपनि त्यसलाई सही भन्न सकिँदैन । यो आक्रमणमा कति क्षति भयो र यसलाई पूर्ति गर्न कति समय लाग्छ भन्ने विषयमा केही खुलेको छैन । यसअघि पनि अमेरिका लगायत पश्चिमा देशहरुमा भएका विभिन्न साईबल आक्रमणको निम्ति चीनलाई दोषी ठहराइदै आएको थियो भने चीनले यस्तो आक्रमणको लागि छुट्टै समूह नै गठन गरेको समेत बताउने गरिन्थ्यो । चीनले भने आपूm नै साईबर आक्रमणको शिकार भएको भन्दै आफ्नो बचाउ गर्दै आएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?