मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको छ: नेत्री कोइराला


Rss_Images_1449151419222_BSB-Baitadi-patrakar sammelanनेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले विभिन्न वहानामा मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको दाबी गर्नु भएको छ । प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक टुक्य्राउने खेल भइरहेकाले राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रूपमा स्थापित गर्दा कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भूभाग, जातजाति, हिमाल, पहाड र तराईको भूमिसमेत समान ढङ्गले वितरण हुने धारणा व्यक्त गर्नुभयो । अर्को एक फरक प्रसङ्गमा उहाँले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाधिवेशनको सिलसिलामा आयोजित कार्यकर्ता भेटघाटमा उहाँलाई उपस्थित कार्यकर्ताले वरिष्ठ नेता शेरबहादुर देउवासँगै सहकार्य गरेर जान सुझाव दिएका थिए । देउवासँग मिलेर जाँदा पार्टीले नयाँ आयाम लिने उनीहरूको भनाइमा नेत्री कोइरालाले भने केही प्रतिक्रया जनाउनु भएन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?