सिरियामा गरिएको बेलायती आक्रमण असफल हुने असदनको भनाई
सिरियाली राष्ट्रपति बसार अल असादले बेलायतद्वारा सिरियामा गरेको हवाई आक्रमण सफल नहुने बताउनुभएको छ । असादले बेलायती पत्रिका सन्डे टाइम्सलाई दिनुभएको अन्तवार्तामा इश्लामिक स्टेट (आइएस) समूह हवाई आक्रमणबाट मात्रै पराजित हुन नसक्ने बताउनुभएको हो । आइएसविरुद्ध लड्न स्थल सैन्य कारबाही अपरिहार्य रहेको समेत उहाँले सो क्रममा बताउनुभएको छ । अन्तर्वाताबारे सिरियाली राज्य सञ्चालित समाचार संस्था सानाले आइतबार राष्ट्रपति असादको अन्तवार्ताबारे टिप्पणी गरेपछि सिरियाली नागरिकमाँझ उक्त खबर पुगेको थियो । बेलायतका सेनाले आइएसविरुद्धको हवाई कारबाही गएको बिहीबारदेखि सुरु गरेको हो । यसपूर्व बेलायतले आइएसविरुद्धको हवाई आक्रमण सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा बेलायती संसद्मा मतदान भएको थियो । असादले रसियाली हवाई कारबाही भने सिरियाली सेनाको समन्वयमा भएको भन्दै यसले आइएसविरुद्धको सुरक्षा अपरेसन आवश्यक भएको पनि बताउनुभएको सिरियाली सञ्चार संस्था सानाले बताएको छ ।