एएफसी प्रतिनिधिद्वारा भूकम्प प्रभावित क्षेत्रको भ्रमण


footballएसियाली फुटबल महासङ्घ (एएफसी)का सञ्चार निर्देशक कोलिन गिब्सन र सामाजिक उत्तरदायित्व प्रमुख डा अन्नाथुवाथुइले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । डा अन्नाथुवाथुइ नेतृत्वको भ्रमण टोलीले यही मङ्सिर १५ गतेबाट पाँच दिनसम्म यहाँका भूकम्प प्रभावित विभिन्न ठाउँ र विद्यालयमा भ्रमण गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । मन्त्रालयले उनीहरूलाई ११ जिल्ला भ्रमण गर्ने अनुमति दिएको थियो । उनीहरूले सिन्धुपाल्चोक शौलेको सेतीदेवी उच्च मावि, भक्तपुरको विद्यार्थी निकेतन र स्युचाटार, काठमाडौँको पञ्चकन्या माविको वस्तुस्थिति बुझेका थिए । गत वैशाख १२ गतेको भूकम्पलगत्तै एएफसी र यसका सदस्यहरूले देशका विभिन्न विद्यालयमा पुनःनिर्माणका लागि राहत सङ्कलन गरी सहयोग गरेका थिए । यसैबीच, प्रतिनिधि मण्डलले एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत अन्य पदाधिकारीसँग भेट गरेको एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?