पोखरा–बेनी–जोमसोम–कोरला मार्गको अध्ययन प्रतिवेदन सभामुखको हातमा


ljsf; ;ldltsf ;efklt /jLGb| clwsf/Ln] a]gL–hf]d;f]d–sf]/nf gfsf;DaGwL :ynut cWoog k|ltj]bg a’emfPkl5 cfkmgf] egfO /fVg’x’Fb} ;efd’v cf]g;/L 3tL{ . tl:a/ M /Tg >]i7, /f;; .

व्यवस्थापिका–संसद् मातहतको विकास समितिले पोखरा–बेनी–जोमसोम–कोरला नाका र पहुँचमार्गको स्थलगत अध्ययन भ्रमणसम्बन्धी प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाएको छ । समितिको प्रतिवेदन बुझ्दै सभामुख घर्तीले नेपाल र नेपाली जनताको भावनालाई सम्बोधन गर्ने गरी निर्णय गर्न प्रतिवेदन सहायक सिद्ध हुने र मार्गदर्शन गर्ने बताउनुभयो । सरकारले पछिल्लो पटक नेपाल–चीन जोड्ने विभिन्न सातवटा नाका खोल्ने निर्णय गरेको छ । समितिले गल्छी–केरुङ–रसुवागढी सडकको यसअघि नै अनुगमन गरी प्रतिवेदन बुझाइसकेको छ । समितिले पछिल्लो पटक पोखरा–बेनी–जोमसोम–कोरला नाका र पहुँचमार्गको स्थलगत अध्ययन गरेर फर्किएको छ । समितिले यही मङ्सिर १३ देखि १७ गतेसम्म स्थलगत अध्ययन गरेको थियो । तल्काल सुधार कार्य सुरु गर्ने हो भने तीन महिनाभित्र सो सडकखण्ड सञ्चालनमा ल्याउन सकिने सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । सो सडकखण्डलाई स्तरोन्नति गरे पर्यटकीय स्थलका रूपमा थप विस्तार गर्न सकिने समितिको ठहर छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?