भारतको संसदमा नेपालको विषयमा भइरहेको छलफल (लाईभ)
भारतको संसदमा सांसदहरुले नेपालको विषयमा के के भने ? हेर्नुहोस् यो लिंकमा लाईभ । साथै केह िसमय अघि बोलेका मुख्य सांसदहरुको भनाई यहाँ प्रस्तुत गरेका छौं ।
करण सिंह, नेता भारतीय काँग्रेस
नेपालमा मोदीको जुन स्वागत भएको छ । त्यसलाई समेत समाप्त पार्नेगरी यो सरकारले किन पठायो विदेशसचिवलाई ? यो एकदमै गलत भयो ? यसभन्दा अघि के गरेको थियो ? भारतीय सरकार ? नेपालको पूरै समाज भारतविरोधी बनाउनमा अलिहेको सरकारको भूमिका छ । काठमाडौं लगायत नेपाली नागरिकहरु आफ्नो जीवन दिइरहेका छन् हाम्रो सुरक्षाको लागि ? गोर्खा रेजिमेन्ट यतिबेला हाम्रो लागि काम गरिरहेका छन् । उनीहरुले पनि यस्तो सोचाई राखे भने के हुन्छ ? हामी देशको ध्यानाकर्षण गराउन चाहन्छौं नेपालमा जुन पीडा भइरहेको छ जुन संकट आएको छ यसलाई समाप्त गर्नका लागि के गर्नुपर्ने हो छिटो भारतले गर्नुपर्छ भन्ने हाम्रो ठम्याई हो । मेधशीहरुलाई दिइएको अधिकार अन्तरिम संविधानभन्दा पछि कसरी जान सक्छ ? त्यो कसरी फिर्ता हुन सक्छ ? बालबालिकाहरु औषधिको अभावमा मरिरहेको अवस्थामा छ । यस्तो बेला म सरकारलाई आग्रह गर्दछु यसतिबेलो गर्न सकिन्छ छिटोभन्दा छिटो गर्नुपर्दछ । नेपाल सरकारसँग सहकार्य गरेर यो समस्यालाई समाधान गर्न सहयोग गर्नुपर्छ । नेपालमा वार्ता गराउन र के सही हो के गर्नुपर्छ भन्ने विषयमा सबैको ध्यान जानुपर्छ । नेपालको जनताले जुन भोगिरहेका छन् यसको अन्त्य गर्नु नै अहिलेको आवश्यकता हो ।
शरद यादव –जेडियू नेता (विहार)
विश्वका अन्य मुलुक र नेपालको सम्बन्धमा आकाश जमिनको फरक छ । यही नै हाम्रो लागि समस्या भयो । पहिले पनि सम्बन्ध बिग्रिएको थियो । अहिलेको जुन अवस्था छ यो निकै विकट छ । यस सम्बन्धमा पूरा देशको जनताको सम्बन्ध नेपालसँग छ र नेपालको सम्बन्ध भारतसँग छ । भारतमा कुनै समस्या आयो भने जहिल्यै नेपालले सहयोग गरेको छ । स्वतन्त्रताको समयमा नेपालीहरुले जुन सहयोग गरेका थिए त्यसलाई यतिबेला भुल्न मिल्दैन । यस्तो सम्बन्ध हो हाम्रो कसैसँग दाँज्न मिल्दैन । रोटी बेटीको सम्बन्ध छ नेपालमा । प्रधानमन्त्री मोदी जानुभयो एकदम स्वागत भयो । शुष्माजीलाई राम्रोसँग थाहा छ जयप्रकाशजी, लोहियाजी, चन्द्रशेखरजी सबैको नेपाली काँग्रेससँग राम्रो सम्बन्ध थियो । यहाँ यस्तो सम्बन्ध छ कि सबै भारतीय पार्टीको सम्बन्ध नेपालसँग छ र उनीहरुको हाम्रो छ । अहिले परिस्थिति निकै बिग्रिएको छ । मेरो यतिमात्र बिन्ति छ कि अलिहेको सरकार र नेपाली र मधेशीबीचको तत्काल वार्ता सुरु हुनुपर्छ । जे छ त्यो उनीहरुको आफ्नो आन्तरिक मामिला हो । तर, भारत सधैं नेपालका समस्या समाधानमा सहयोगी बन्यो । हामी ठूलोदाई भएर जाने होइन, त्यहाँ स्थितिलाई सहज बनाउन एकदमै प्रभावकारी कदम चाल्नु यतिबेलाको आवश्यकता हो । धेरै मानिसहरु छन् कि भारत र नेपालको सम्बन्धलाई नजरअन्दाज गरी आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन् । यसमा समय बित्न हुँदैन । ढिला गर्न हुँदैन । अहिले यस्तो अवस्था छ कि मानवीय संकटको अवस्था सिर्जना भएको छ । यसको समाधान हुनैपर्दछ ।
रवि बर्मा, सपा, उत्तर प्रदेश
नेपालमा जे भइरहेको छ यसको विषयमा भारतमा सबै चिन्तित छन् । यो ठीक भइरहेको छैन । भूकम्प आयो त्यसमा निकै चिन्तित भयौं हामी तर त्यसभन्दा पनि बढी अहिले संकट आएको छ । नेपाली र भारतीयबीच निकै गहिरो सम्बन्ध छ । अहिलेको स्थितिमा नेपालमा अन्तरिम संविधानभन्दा पछि गएर जुन काम भएको छ त्यसको कसैले अन्दाज गरेको थिएन । भारतबाट गएको विशेष दूतको भनाई पनि मानिएन । के भएको थियो यस्तो ? किन भयो ? हामी सबै सरकारसँग धेरै आशा गरिरहेका छौं । यतिबेला एउटा सार्थक पहल आवश्यक छ । उनीहरुको सार्वभौमसत्तामा कुनै खलल नहुने गरी केही गर्न आवश्यक छ । कहीँ यस्तो त होइन विदेशीहरुले त्यहाँ खेल्न खोजे ? भारतविरोधी भावना बढाउन उनीहरुले सहयोग गरेका त होइनन ? हामीले यो सोच्न आवश्यक छ । कतै यस्तो त होइन भारतको हातबाट नेपालीको भावना तिनीहरुको हातमा गयो ? जुन किसिमको संविधान लागू भयो जसमा आधाभन्दा बढी जनता असन्तुष्ट छ । तर, भारतले यो सबै नाकाबन्दी गर्यो भन्ने जुन भावना पैदा भयो किन भयो ? किन सत्य बाहिर आउन सकिरहेको छैन ? यो पनि सत्य हो कि यतिबेला जसले संविधानमा जसले परिवर्तन गरेका थिए उनीहरुले नै भारतीयले नाकाबन्दी गरेको चर्चा गरिरहेका छन् । तीस लाखभन्दा बढी बच्चाको स्थिति नाजुक भएको युनिसेफको रिपोर्ट छ । यसको जिम्मा कसले लिन्छ ? यसले भारतीय कुटनीतिको असफलता नै हो । यसमा कुनै दुईमत छैन । अहिले हाम्रो छिमेकीसँगको सम्बन्ध राम्रो छैन । हामीले धेरै सहयोग गरेका थियौं । तर, किन भएन राम्रो सम्बन्ध ? यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । कतै यस्तो त होइन हामी केही गर्न चाहन्छौं तर अर्को देखिँदैछ ? उनीहरुको सार्वभौमसत्तालाई कुल्चिएर अघि बढ्न सक्दैनौं । आज मधेशीहरुको आन्दोलन त्यो नाकाबन्दी शान्तिपूर्ण छ । हामीलाई शंका छ कि कतै यो समस्या आतंकवादीहरुको बीचमा गयो भने हिन्दूस्थानमा के हुन्छ यसमा ध्यान दिन अत्यन्तै आवश्यक छ । नेपालमा भएको आन्दोलनका कारण धेरै मधेशी भारतमा आएका छन् घाइते भएर उनीहरुको लागि केही व्यवस्था गर्न आवश्यक छ । जसरी भूकम्पको बेला भारतले नेपालको सहयोग गरेको थियो त्यसैगरी यो समस्या समाधानमा पनि भारतले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ ।
https://www.youtube.com/watch?v=Wi43_emKskE