नेपालमा अधिकांश सांसदले पास गरेको संविधानलाई भारतले स्वागत सम्म पनि नगर्ने ?


मणिशंकर ऐययर, मनोनित भारतीय सांसद
mani sankarमाननीय शुष्मा स्वराजले आफ्नो रिपोर्टमा पटक पटक हाम्रो सुझाव नेपालले मानेन भन्दै हुनुहुन्छ । जसमा म के भन्न चाहन्छु भने हामीले सुझावलाई अर्डरका रुपमा दिन मिल्दैन । नेपालको संविधानमा १०५ जना तराईका सांसदहरुले मत दिएका छन् । को हुन् ति ? ति मधेशका प्रतिनिधि होइनन ? ११ जनाले मात्रै संविधानको विरोधमा मतदान गरेका थिए । अब हामी कसलाई सपोर्ट गर्ने ? ४ जना यतिबेला दिल्ली भ्रमणमा छन् त्यसमध्ये ३ जना त हारेका मानिसहरु छन् । हामीले जनताले चुनेका मान्छेलाई सहयोग गर्ने हो कि अरुलाई ? नेपालका विदेश सचिव जब विशेष दूत भएर गएका थिए उनले नेपालमा कस्तो व्यवहार गरे ? के यस्तो गर्नका लागि भारतीय प्रधानमन्त्रीले भनेका थिए ? जब नेपालमा राष्ट्रिय सहमति बनिरहेको थियो त्यसलाई किन भारतले मान्न सकेन ? जब हामी हाम्रो संविधानलाई सयपटक भन्दा बढी पटक सुधार्न सक्छौं भने हामी नेपालीहरुले त्यसलाई विस्तारै सुधार्दै जान सक्छन् भन्ने किन बुझ्न सकेनौं ? हामी यतिबेला किन अहिल्यै संविधान संशोधन गर्नुपर्छ भनिरहेका छौं ? के एउटा स्वाधीन मुलुकका लागि यो स्वीकार्य हुन सक्छ ? ५ सयभन्दा बढीले संविधानको पक्षमा मतदान गरेका थिए । तर, नेपालको यो संविधानमा हामीले एउटा शब्द पनि स्वागत गर्न सकेनौं । तर, नेपाली जनताको भावनालाई चीनले स्वीकार गर्यो । यतिबेला नेपालीको एउटा पुस्ताले नै भारतलाई यसको लागि दोषी देखिरहेको छ । यही हो हाम्रो देशका शासकले कमाएको यतिबेला ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?