भारतीय राज्यसभामा सांसदहरुले नेपालको विषयमा गरे छलफल, कसले के भने ?
करण सिंह, नेता भारतीय काँग्रेस
नेपालमा मोदीको जुन स्वागत भएको छ । त्यसलाई समेत समाप्त पार्नेगरी यो सरकारले किन पठायो विदेशसचिवलाई ? यो एकदमै गलत भयो ? यसभन्दा अघि के गरेको थियो ? भारतीय सरकार ? नेपालको पूरै समाज भारतविरोधी बनाउनमा अलिहेको सरकारको भूमिका छ । काठमाडौं लगायत नेपाली नागरिकहरु आफ्नो जीवन दिइरहेका छन् हाम्रो सुरक्षाको लागि ? गोर्खा रेजिमेन्ट यतिबेला हाम्रो लागि काम गरिरहेका छन् । उनीहरुले पनि यस्तो सोचाई राखे भने के हुन्छ ? हामी देशको ध्यानाकर्षण गराउन चाहन्छौं नेपालमा जुन पीडा भइरहेको छ जुन संकट आएको छ यसलाई समाप्त गर्नका लागि के गर्नुपर्ने हो छिटो भारतले गर्नुपर्छ भन्ने हाम्रो ठम्याई हो । मेधशीहरुलाई दिइएको अधिकार अन्तरिम संविधानभन्दा पछि कसरी जान सक्छ ? त्यो कसरी फिर्ता हुन सक्छ ? बालबालिकाहरु औषधिको अभावमा मरिरहेको अवस्थामा छ । यस्तो बेला म सरकारलाई आग्रह गर्दछु यसतिबेलो गर्न सकिन्छ छिटोभन्दा छिटो गर्नुपर्दछ । नेपाल सरकारसँग सहकार्य गरेर यो समस्यालाई समाधान गर्न सहयोग गर्नुपर्छ । नेपालमा वार्ता गराउन र के सही हो के गर्नुपर्छ भन्ने विषयमा सबैको ध्यान जानुपर्छ । नेपालको जनताले जुन भोगिरहेका छन् यसको अन्त्य गर्नु नै अहिलेको आवश्यकता हो । Watch video here ::: https://youtu.be/7q8WHtbvQ0U
शरद यादव –जेडियू नेता (विहार)
विश्वका अन्य मुलुक र नेपालको सम्बन्धमा आकाश जमिनको फरक छ । यही नै हाम्रो लागि समस्या भयो । पहिले पनि सम्बन्ध बिग्रिएको थियो । अहिलेको जुन अवस्था छ यो निकै विकट छ । यस सम्बन्धमा पूरा देशको जनताको सम्बन्ध नेपालसँग छ र नेपालको सम्बन्ध भारतसँग छ । भारतमा कुनै समस्या आयो भने जहिल्यै नेपालले सहयोग गरेको छ । स्वतन्त्रताको समयमा नेपालीहरुले जुन सहयोग गरेका थिए त्यसलाई यतिबेला भुल्न मिल्दैन । यस्तो सम्बन्ध हो हाम्रो कसैसँग दाँज्न मिल्दैन । रोटी बेटीको सम्बन्ध छ नेपालमा । प्रधानमन्त्री मोदी जानुभयो एकदम स्वागत भयो । शुष्माजीलाई राम्रोसँग थाहा छ जयप्रकाशजी, लोहियाजी, चन्द्रशेखरजी सबैको नेपाली काँग्रेससँग राम्रो सम्बन्ध थियो । यहाँ यस्तो सम्बन्ध छ कि सबै भारतीय पार्टीको सम्बन्ध नेपालसँग छ र उनीहरुको हाम्रो छ । अहिले परिस्थिति निकै बिग्रिएको छ । मेरो यतिमात्र बिन्ति छ कि अलिहेको सरकार र नेपाली र मधेशीबीचको तत्काल वार्ता सुरु हुनुपर्छ । जे छ त्यो उनीहरुको आफ्नो आन्तरिक मामिला हो । तर, भारत सधैं नेपालका समस्या समाधानमा सहयोगी बन्यो । हामी ठूलोदाई भएर जाने होइन, त्यहाँ स्थितिलाई सहज बनाउन एकदमै प्रभावकारी कदम चाल्नु यतिबेलाको आवश्यकता हो । धेरै मानिसहरु छन् कि भारत र नेपालको सम्बन्धलाई नजरअन्दाज गरी आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन् । यसमा समय बित्न हुँदैन । ढिला गर्न हुँदैन । अहिले यस्तो अवस्था छ कि मानवीय संकटको अवस्था सिर्जना भएको छ । यसको समाधान हुनैपर्दछ ।
रवि बर्मा, सपा, उत्तर प्रदेश
नेपालमा जे भइरहेको छ यसको विषयमा भारतमा सबै चिन्तित छन् । यो ठीक भइरहेको छैन । भूकम्प आयो त्यसमा निकै चिन्तित भयौं हामी तर त्यसभन्दा पनि बढी अहिले संकट आएको छ । नेपाली र भारतीयबीच निकै गहिरो सम्बन्ध छ । अहिलेको स्थितिमा नेपालमा अन्तरिम संविधानभन्दा पछि गएर जुन काम भएको छ त्यसको कसैले अन्दाज गरेको थिएन । भारतबाट गएको विशेष दूतको भनाई पनि मानिएन । के भएको थियो यस्तो ? किन भयो ? हामी सबै सरकारसँग धेरै आशा गरिरहेका छौं । यतिबेला एउटा सार्थक पहल आवश्यक छ । उनीहरुको सार्वभौमसत्तामा कुनै खलल नहुने गरी केही गर्न आवश्यक छ । कहीँ यस्तो त होइन विदेशीहरुले त्यहाँ खेल्न खोजे ? भारतविरोधी भावना बढाउन उनीहरुले सहयोग गरेका त होइनन ? हामीले यो सोच्न आवश्यक छ । कतै यस्तो त होइन भारतको हातबाट नेपालीको भावना तिनीहरुको हातमा गयो ? जुन किसिमको संविधान लागू भयो जसमा आधाभन्दा बढी जनता असन्तुष्ट छ । तर, भारतले यो सबै नाकाबन्दी गर्यो भन्ने जुन भावना पैदा भयो किन भयो ? किन सत्य बाहिर आउन सकिरहेको छैन ? यो पनि सत्य हो कि यतिबेला जसले संविधानमा जसले परिवर्तन गरेका थिए उनीहरुले नै भारतीयले नाकाबन्दी गरेको चर्चा गरिरहेका छन् । तीस लाखभन्दा बढी बच्चाको स्थिति नाजुक भएको युनिसेफको रिपोर्ट छ । यसको जिम्मा कसले लिन्छ ? यसले भारतीय कुटनीतिको असफलता नै हो । यसमा कुनै दुईमत छैन । अहिले हाम्रो छिमेकीसँगको सम्बन्ध राम्रो छैन । हामीले धेरै सहयोग गरेका थियौं । तर, किन भएन राम्रो सम्बन्ध ? यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । कतै यस्तो त होइन हामी केही गर्न चाहन्छौं तर अर्को देखिँदैछ ? उनीहरुको सार्वभौमसत्तालाई कुल्चिएर अघि बढ्न सक्दैनौं । आज मधेशीहरुको आन्दोलन त्यो नाकाबन्दी शान्तिपूर्ण छ । हामीलाई शंका छ कि कतै यो समस्या आतंकवादीहरुको बीचमा गयो भने हिन्दूस्थानमा के हुन्छ यसमा ध्यान दिन अत्यन्तै आवश्यक छ । नेपालमा भएको आन्दोलनका कारण धेरै मधेशी भारतमा आएका छन् घाइते भएर उनीहरुको लागि केही व्यवस्था गर्न आवश्यक छ । जसरी भूकम्पको बेला भारतले नेपालको सहयोग गरेको थियो त्यसैगरी यो समस्या समाधानमा पनि भारतले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ ।
टीके रंगराजन सीपीआई एम, तामिलनाडू
१९४७ देखि नेपालसँगको सम्बन्ध अहिलेसम्म कहिल्यै यस्तो भएको थिएन । मलाई लाग्छ यसो हुनुमा सरकारको गल्ती छ । जब नेपालमा नयाँ संविधान आयो, त्यतिबेला केही समस्या आउनु नै थियो । जब हाम्रो संविधान आयो त्यतिबेला पनि समस्या आएको थियो । भारतजस्तै नेपाल पनि एउटा स्वाधिन मुलुक हो तर त्यहाँ कसरी हामी हस्तक्षेप गरिरहेका छौं । नेपालीहरु आफ्नो समस्या समाधान गर्न आफैं सक्षम छन् त्यसैले कुनै एक पक्षलाई लिएर हामीले उचाल्ने पछार्ने काम गर्न हुँदैन । हिन्दूवादीहरुले केही ठाउँमा आन्दोलन पनि गरिरहेका छन् । आरएसएस लगायतलाई यो नगर्न म आग्रह गर्दछु । यदि भारत नेपाललाई सहयोग गर्न चाहन्छ भने जहाँ रुकावट आएको छ त्यहाँभन्दा अन्य नाकाहरुबाट सामान पठाएर सहयोग गर्न सक्दथ्यो । त्यसो भएन । किन भएन ? मधेशीहरुले सिधै नरेन्द्र मोदी सरकारको सहयोग छ । हाम्रो पार्टीको निकै राम्रो सम्बन्ध छ नेपालसँग । हाम्रा नेता सिताराम ऐचुरीको राम्रो सम्बन्ध छ । स्वाधिन मुलुकसँग गर्ने यो तरिका होइन । त्यहाँ भारतीय मारिएका छन् भारतीय समातिएका छन् । यसमा हाम्रो गल्तीले गर्दा नै नेपाल चीनसँग नजिक हुन पुगेको हो । किन भारतले किन संयुक्त राष्ट्रसंघको मानवअधिकार मञ्चमा किन नेपालको विरोध गर्न थाल्यो ? मैले बुझ्न सकेको छैन । मोदीको छिमेकीहरुसँगको सम्बन्धको बारेमा कसले निर्णय गर्छ ? यस्तै निर्णयहरुले गर्दा पाकिस्तानसँग त सम्बन्ध बिग्रिएकै थियो अब नेपालसँग पनि बिग्रन थालेको छ । स्वाधिन मुलुकलाई कसैले पनि दबाब दिन सक्दैन । समस्याहरुको बारेमा उनीहरुलाई छलफल गर्न दिनुपर्छ । समाधानका लागि हामीले बाटो दिनुपर्छ । म सुझाव दिन्छु हामीले सर्वदलीय डेलिगेशन नेपालमा पठाएर यो समस्या समाधान गर्नुपर्दछ भन्ने मेरो बुझाई छ ।
डिपी त्रिपाठी, एनसीपी महाराष्ट्र
युनिसेफले भनेको छ तीस लाख बच्चाहरु जो ३ वर्षभन्दा कम उमेरका छन् उनीहरु यतिबेला समस्यामा छन् मृत्यु या रोगको बीचमा लडिरहेका छन् । हाम्रो आत्मीय मित्रता सदियौंदेखि थियो । तर, केही कुरा हामीले बुझ्नुपर्छ । कुनैपनि संविधान पूर्ण हुन सक्दैन । र, प्रजातान्त्रिक मुलुकले यसलाई विस्तारै सुधार्दै पनि लान सक्छन् । तर, ११ औं चरणसम्मको मधेशीसँगको कुराकानी पनि भएको छ । तर, कुराकानी निष्कर्शतर्फ पुग्नुपर्छ । अहिले के भइरहेको छ भने ७ नाका नेपालसँग रहेकामध्ये मात्र दुईवटा मात्र बन्द छ । तर किन भारतले यसमा पनि रोक लगायो ? नेपालमा भएका धेरै सकारात्मक काम छन् । पहिलो राष्ट्रपति डा. रामवरण यादव मधेशी नै थिएन । नेपालका प्रमुख नेताहरु मधेशी नै छन् । किन यो विचार गरिँदैन ? यस्ता धेरै कुरा छन् । नेपाललाई यतिबेला ईन्धनको संकट छ । उनीहरु भारतबाटै लिइरहेका थिए । यतिबेला के भइरहेको छ ? सबै भन्द छ । १० देखि १५ प्रतिशत मात्र गएको छ । यस्तो बेला कसैले पनि संकटको अवस्था महसूस गर्दछ । मेरो निष्कर्श के हो भने, अहिले पनि नेपालमा यदि हामीले नेपालको स्वाधिनता र स्वतन्त्रतालाई स्वीकार गर्यो भने उनीहरु आफैं यो समस्या समाधान गर्न सक्छन् । यसमा हामीले कुनै कुनै समस्या खडा गरिनु हुँदैन । म त्यही व्यक्ति हुँ जसले नेपालको संसदमा स्ट्याण्डिंग एवेसन पाएको थिएँ । नेपालमा एउटा शब्द छ सहजकर्ता । हामी नेपालको विषयमा सहजकर्ता बनौं कुनै विषयमा हस्तक्षेप नगरौं । एउटै नीति जहिल्यै पनि अघि लैजाउँ त्यसले नै समसया समाधान गर्छ । धन्यवाद । Watch Video here ::: https://youtu.be/phoK4HUYSW0
डी राजा, सीपीआई, तामिलनाडु
नेपालका जनताले जुन राजतन्त्रका विरुद्ध कुन कदम उठाएका थिए । जुन परिवर्तन ल्याएका छन् त्यसलाई हामीले सलाम गर्नुपर्दछ । तर, नेपालमा जुन परिवर्तन भयो संविधान आयो त्यसलाई भारतले स्वीकार पनि गर्न सकेन स्वागत पनि गर्न सकेन । यसको विषयमा नेपालका जनता निकै दुखी भए । यतिबेला धेरै अत्यावश्यक सामान पुगेको छैन । नेपाल एउटा भूपरिवेष्ठित मुलुक हो र उसले जुन समस्या यतिबेला भोगिरहेको छ यो हुनु हुँदैन । शुष्माजीले भन्नुहोला भारतले यो सबै गरेको होइन भन्नुहोला । तर, म आग्रह गर्दछु । नेपाल र भारतको सिमामा अन्तर्राष्ट्रिय मिडियालाई जान दिउँ के भएको छ हेर्न दिउँ । त्यसपछि सबै बाहिर आइहाल्छ । श्रीलंकामा पनि हाम्रो गल्तीले चीन आएको थियो । अहिले पनि नेपालमा त्यस्तै भएको छ । चीन पनि हाम्रो मित्र देश नै हो । तर, चीन नेपालको विषयमा श्रीलंकाको विषयमा चीनका कारणले हाम्रो विदेश नीति रक्षात्मक बनेको छ । भारतले स्वतन्त्र विदेशनीति लिनुपर्दछ । अन्त्यमा म भन्नुपर्छ । नेपालको सिमाना धेरै हाम्रा प्रदेशहरुसँग जोडिएको छ । हामीले हाम्रा सिमानामा भएका भारतीय राज्यहरुलाई विश्वासमा लिएर काम गर्नुपर्दछ । र नेपालमा के गर्नुपर्ने हो यसको निर्णय गर्नुपर्दछ । भारतीय विदेश नीति कुनै एक दलले हाँक्न हुँदैन यसलाई सर्वदलीय सहमतिका आधारमा अघि बढाउनुपर्दछ ।
भूपिंदर सिंह, बीजेडी उडिसा
जसरी सूर्य पूर्वबाट नै उदाउँछ । त्यसैगरी नेपाल र भारतबीचको सम्बन्ध कहिल्यै टुट्न हुँदैन । जब फन्डामेन्टल राईटको कुरा छ हामीले त्यहाँ स्वतन्त्र देशलाई केही थोपर्न सक्दैनौं । त्यसैले राजनीतिभन्दा माथि उडेर हामीले समाधान निकाल्नुपर्दछ । पूरा संसद सरकारसँग छ ।
रेनुका चौधरी, आईएनसी आन्ध्र प्रदेश
नेपालका कति जनता विश्वास गर्छन् कि नेपालको सिमानामा २ हजारभन्दा बढी ट्रक रोकिएको छन् ? हामी यहाँ कसरी आइपुग्यौं ? किन मधेशीहरु आन्दोलन गरिरहेका छन् यसको बारेमा साथीहरुले बताइसक्नुभयो । हामी कहाँ फेल भयौं ? कुटनीतिमा ? पक्कै पनि मन्त्रीतहमा त होइन । शुष्माजी यतिधेरै अनुभवी हुनुहुन्छ । उहाँसँग कुनै सल्लाह लिइयो जब नेपालमा काम गरियो ? जब हामी प्रतिक्रियावादी सोच राख्दछौं । केही भएपछि त्यसमा मात्रै काम गर्दछौं भने यस्तै अवस्था आउने गर्दछ यो म सचेत गराउन चाहन्छु । हामी विदेशसचिवलाई त्यतिबेला पठाउँछौं संसदले जब संविधान पास गरिसक्यो । हामीले त्यसो भन्न सक्छौं कुनै स्वतन्त्र देशलाई ? हो, अहिलेको यो अवस्थाको कारण त्यही नै हो । हामीले निरन्तरतामा ध्यान दिनुपर्छ । हामी नै त्यो काँग्रेस हौ जसले नेपालसँग कति राम्रो सम्बन्ध राखेको थियौं । तर, अहिले यस्तो अवस्था रहेन । यतिबेला नेपालमा जुन महिला, बालबालिका समस्यामा परेका छन् त्यसमा हामीले आँखा चिम्लिन मिल्दैन ।