माधव नेपालले भने मधेसीहरु पनि नेपाली नै हुन् भ्रम नरहोस्


madhavनेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा बस्ने नेपालीहरु पनि नेपाली हुनुमा गौरव गर्ने भएकाले मधेसीहरु पनि नेपाली भएकामा कुनै शङ्का नभएको बताउनुभएको छ । साँखुको भगवती उच्च माविमा पुरस्कार वितरण एवम् सम्मान कार्यक्रमको सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनको दौरानमा भर्खरै जारी गरिएको नयाँ संविधानको विषयमा भ्रम फैलाइएको बताउनुभयो । नेता नेपालले संविधान पढिसकेपछि बुझिसकेपछि मधेसमा फैलाइएको भ्रम हट्ने दाबी गर्दै छिमेकी मुलुकले पनि यो विषय बुझिसकेकाले मधेसका नेताहरुलाई सम्झाई–बुझाई गरेर फर्काएको दाबी गर्नुभएको छ । उहाँले भूकम्पले थलिएको मुलुकमा लामो समयसम्मको नाकाबन्दीले अझ अप्ठेरो स्थिति उत्पन्न भएको भए तापनि केही समयमै नाकाबन्दी हटेर सहजता आउने दाबी गर्नुभयो ।” कार्यक्रममा अर्का अतिथि नेपाली काँगे्रसका सभासद् दीपकप्रसाद कुइँकेलले काठमाडौँको सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र साँखुमा सरकारले विशेष प्याकेज ल्याएर काम थाल्नुपर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा सो विद्यालयमा कार्यरत शिक्षकहरु, व्यवस्थापन समितिका सदस्यहरु, स्कुल स्थापनाकालदेखि नै स्कुललाई सहयोग गरेका सहयोगीहरु, स्कुललाई सहयोग गरिरहेका र गरिसकेका विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो भने सो स्कुलमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई नगद एवम् प्रमाणपत्र वितरण गरी पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइवाको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं २ का सभासद् दीपकप्रसाद कुइँकेल, खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, बोर्ड सदस्य उपेन्द्र पौडेलले सो स्कुलको खेलकुद सप्ताहमा सहभागी भई प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी तथा २०६३ सालदेखि हालसम्म कक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान एव्म पुरस्कृत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?