महिलालाई नयाँ संविधानले उच्च अधिकार दिएको सिटौलाको दाबी


krishna sitaulaनेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा महिलालाई उच्च अधिकार दिएकाले सो अधिकारको सदुपयोग गर्न महिला सजग हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ मोरङको आयोजनामा विराटनगरमा आयोजित ‘नेपालको संविधानमा महिलाको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रियामा उहाँले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाका लागि अधिकार प्रदान गरिएकाले यस विषयमा महिलालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सबै क्षेत्रका महिला अधिकारका लागि अगाडि आउनुपर्ने चर्चा गर्दै महामन्त्री सिटौलाले गाउँसभामा न्यूनतम ४० प्रतिशत र प्रत्येक सङ्घीय राज्यको राष्ट्रियसभामा सदस्यको आठ स्थानमध्ये न्यूनतम तीनवटा महिला सदस्यको सिट संविधानमा सुरक्षित गरिएको जानकारी गराउनुभयो । राष्ट्रिय एकता खलबलिएको चर्चा गर्दै महामन्त्री सिटौलाले मुलुकमा राजनीतिक स्थायित्वका साथै राष्ट्रिय एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयनमा जटिलता आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिगो शान्ति, सुशासन, विकास र आर्थिक प्रगति गरी समृद्ध राष्ट्र बनाउनका लागि सबै दललाई लिएर नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभयो । नाकाबन्दीले गर्दा मुलुकलाई धेरै क्षति पुगेको उल्लेख गर्दै महामन्त्री सिटौलाले दुःख सहने र दुःखमा विचलित नहुने क्षमता हामी नेपालीमा रहेकाले यस्ता समस्या धेरै दिन नरहने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारतबीच रहेको विशिष्ट सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाली काँग्रेसले अगुवाइको भूमिका निर्वाह गर्नुपर्दछ , महामन्त्री सिटौलाले भन्नुभयो, “दुवै देशका जनता–जनताबीचको सम्बन्धका साथै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई अझ बलियो बनाउनु पर्दछ ।”नेपाल महिला सङ्घ मोरङकी अध्यक्ष शान्ता पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस मोरङका सभापति एवम् सांसद अमृत अर्याल, सांसद डिकबहादुर लिम्बूलगायतले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?