नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविनकुमार शर्मा थानकोटबाट नियन्त्रणमा


petrolमहानगरीय अपराध महाशाखाले पेट्रोलियम पदार्थ ठगीको अभियोगमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविनकुमार शर्मालाई थानकोटबाट नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडक घर भएका शर्मालाई महाशाखाबाट खटिएको टोलीले पेट्रोलियम पदार्थ ठगी गर्ने सञ्चालकको वयानका आधारमा नियन्त्रणमा लिएको हो । उहाँलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध महाशाखाले हालै राजधानीका १७ वटा पेट्रोल पम्पमा छापा मार्दा ठगी गर्ने मेसिन जडान गरेको भेटेको थियो । अनुसन्धानको क्रममा केही पेट्रोलियम व्यवसायीहरुले शर्मामाथि संस्थागत रुपमा पम्पमा कम्पाटमेन्ट सेटिङ गरेको, पम्प सञ्चालकहरुसँग मिलेर इन्धनमा कालोबजारी गरेको आरोप लागेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?