विप्लब माओवादीबाट डिसहोम केन्द्रमा आक्रमण, सबै च्यानल बन्द


dish homeभारतीय च्यानलहरु नेपालमा नदेखाउन पटक पटक गरिएको आग्रह बेवास्ता गरेको भन्दै उनीहरुले पेट्रोल बम प्रहार गरी क्षति पुर्याएका हुन् । पूर्ण क्षतिको विवरण आइनसके पनि अहिले डिसहोमको प्रशारण भने बन्द रहेको छ । तत्कालै प्रशारण खुलाउने प्रयास भइरहेको र घटनामा संलग्नहरुको सीसीटिभी फुटेज मार्फत खोजी कार्य अघि बढाइएको छ । यसैबीच नेकपा माओवादीले घटनाको जिम्मेवारी लिँदै पटक पटक गरिएको आग्रह लत्याएका कारण कारवाही गरिएको र फेरि यस्तै कार्य जारी रहे थप कारवाही गर्ने जनाइएको छ । माओवादीका नेता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले भारतीय हस्तक्षेपका विरुद्ध गरिएको आन्दोलनमा साथ नदिएका कारण कारवाही गरिएको प्रष्ट पारे । भारतले नाकाबन्दीलगाएको विरोधमा विभिन्न केवल टिभी प्रदायकहरुले यसअघि भारतीय समाचार च्यानलहरु बन्द गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?