काँग्रेसको महाधिवेशनको निकटमा क्रियाशिल सदस्यता विवाद


sfFu|]; s]Gb|Lo ;ldlt a}7s k|d’v k|ltkIfL bn g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldlt a}7s kf6L{sf] cf;Gg !#cf}F dxflwj]zgsf] tof/L ;DaGwdf 5nkmn ug{ a’waf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पार्टीको १३ औँ महाधिवेशन नजिकिँदै जाँदा काँग्रेसभित्र नेतृत्व आफ्नो पक्षमा पार्न नेता लागि परेका छन् । काँग्रेसको बिधानअनुसार नयाँ क्रियाशील सदस्यता वितरण वर्षभरिमा गरिसक्नुपर्ने प्रावधान छ । जुन अघिल्लो १२ औँ महाधिवेशनको एक वर्षभित्र मात्र सदस्यता वितरण गरिसक्नुपर्ने हो । तर अहिले महाधिवेशनको सङ्घारमा निर्वाचन जित्ने दाउँमा सदस्यता वितरणमा विभिन्न पक्षले मतदाता बढाउन लागि परेका छन् । उनीहरुले सक्रिय नभएकालाई पनि सदस्य बनाएको नेताबीच दोषारोपण चलिरहेको छ । प्रवक्ता बडूले विधान विपरीत लगातार चार वर्षसम्म क्रियाशील सदस्यता वितरण नगर्ने तर अहिले एक वर्षयता आएर महाधिवेशनको मुखमा यो वा त्यो पक्षले नेतृत्व जित्न सदस्यता बाँडेकाले त्यसमा थप विस्तृत अध्ययन गरेर मात्र अन्तिम निर्णय गरिने बताउनुभयो । केन्द्रीय समितिको अर्को बैठक अहिले विहान ११ बजेबाट सुरु हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?