गम्भीर गल्ती नभएको भन्दै गृहमन्त्रीले राजीनामा दिन नपर्ने शर्माको भनाई


dinanathएकीकृत (नेकपा) माओवादीका प्रवक्ता दिनानाथ शर्माले गृहमन्त्री शक्ति बस्नेतले गम्भीर प्रक्रियाको गल्ती नगरेकाले मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने अवस्था नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले एमाओवादीबाट सरकारमा सहभागी भएका कसैलाई पनि पार्टीले अहिलेकै अवस्थामा फिर्ता नबोलाउने उल्लेख गर्नुभयो । भूकम्प प्रभावित जिल्लाका व्यक्तिलाई चीन भ्रमणमा पठाउने विषयमा भएका गल्तीबारे गृहमन्त्री बस्नेतले आत्मालोचना गरिसकेकाले फिर्ता बोलाउनुपर्ने अवस्था नभएको उहाँले स्पष्ट पार्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?