कैलालीमा प्रधानमन्त्री, संविधानका विषयमा भ्रम सिर्जना नगर्न आग्रह


k|wfgdGqLdf lgjf{lrt ePkl5 Joj:yflksf–;+;bsf] laxLaf/sf] a}7snfO{ klxnf] k6s ;Daf]wg ug'{x’Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /Tg >]i7, /f;; .

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनसम्मत ढङ्गबाट देशमा उत्पन्न समस्याको सरकारले समाधान खोजेको बताउनुभएको छ । ‘राष्ट्रियता र लोकतन्त्र बलियो बनाऔँ, संविधानको प्रभावकारी कार्यान्वयन गरौँ’भन्ने नाराका साथ नेकपा (एमाले)ले आज कैलालीको अत्तरीयामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन हातमा लिने, शान्ति सुरक्षा खल्बल्याउने, देशद्रोह र विखण्डनका कुरा गर्ने अधिकार कसैैलाई नभएकाले यस्ता कुरालाई सरकार नियन्त्रण गरेर अघि बढ्ने बताउनुभयो । एमालेका अध्यक्ष ओलीले नेपालको संविधान नेपाली जनताका लागि होे, अरुका लागि होइन भन्दै संविधानले केही दिन नसकेको भनेर अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान बन्न नदिने शक्ति संविधान बनेकामा क्रुद्ध भएका छन् ।” संविधान जारी भएपछि पनि मुलुकले भोगिरहेको समस्या अस्थायी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो भनेर नेपालीले दुनियाँलाई देखाइसकेका छन् ।” प्रधानमन्त्रीले नेपालको संविधानलाई दुनियाँले असाधारण लोकतान्त्रिक संविधान भनेर प्रशंसा गरेको बताउँदै संविधान संशोधन गरे मात्रै मुलुकको वर्तमान समस्या समाधान हुन्छ भन्ने कुरा आएको र संशोधन गर्दा केही नबिग्रने देखिएकाले अब संशोधन गर्न लागिएको उहाँले प्रस्ट पार्नुभयो । प्रधानमन्त्रीले अब आर्थिक समृद्धि र विकासतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । टीकापुरमा गत भदौमा भएको हिंसात्मक घटनातर्फ इङ्गित गर्दै उहाँले देशलाई रुवान्डा बनाउने मनसाय राखेर टीकापुर घटना गराइएको धारणा राख्नुभयो । सभामा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री भीमबहादुर रावलले जात र सम्प्रदायका कुरा उठाएर संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउँदै संविधानसभाका ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरी बनाएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको जिकिर गर्नुभयो । रक्षामन्त्री रावलले भन्नुभयो–“लोकतन्त्र, नेपाल र नेपाली जनतामा विश्वास गर्छु भन्नेले वार्ता गर्दिन भन्न मिल्दैन ।” प्रधानमन्त्री ओली आजै राजधानी फिर्ता हुनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?