संविधान कार्यान्वयन काँग्रेसको प्राथमिकता – सिटौला
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन काँग्रेसको प्राथमिकतामा रहेको बताउनुभएको छ । काँग्रेस क्षेत्र नं १ ले सदरमुकाममा गरेको अन्तक्रियामा उहाँले भन्नुभयो, “प्रधानमन्त्री को बन्ने भन्ने महत्वपूर्ण होइन, संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा प्राथमिकतामा पार्नुपर्छ ।” मधेसी मोर्चालाई मूल राजनीतिक धारमा ल्याएर समस्याको समाधान गर्न जोड दिँदै उहाँले वार्ता र संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । जननिर्वाचित प्रतिनिधिले बनाएको अहिलेको संविधानले सबै नेपालीको हक र अधिकार समेटेको उहाँको भनाइ छ । समयको मागअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै महामन्त्री सिटौलाले अब संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।