भारत नाकाबन्दी हटाउन ईच्छुक रहेको कमल थापाको दाबी


afn’jf6f/df cfh ;fFem a;]sf] tLg bnsf] a}7ssf] jf/]df kqsf/nfO{ hfgsf/L u/fpFb} pkk|wfg tyf k//fi6«dGqL sdn yfkf . tl:a/ M k|bLk/fh jGt,/f;;

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी हटाउन भारत उत्सुक रहेको बताउनुभएको छ । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष पुगेको अवसरमा लण्डनमा आयोजित समारोहमा भाग लिएर आइतबार अपरान्ह स्वदेश फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले भारत अहिलेको अवरोध तन्कियोस् भन्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले लण्डनमा रहँदाकै बखत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री स्वराजले वार्ताका क्रममा भारत जतिसक्दो चाँडो नाकाबन्दी हटाउन उत्सुक रहेको आशय प्रकट गरेको बताउनुभयो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले नाकाबन्दीका कारण नेपालमा देखिएको मानवीय संकटमा बेलायतले सहयोग गर्ने तत्परता देखाएको पनि बताउनुभयो । उहाँले नाकाबन्दी चाँडै हट्ने संकेत देखिएकाले आफूले तत्कालका लागि बेलायती सहयोग नचाहिने बताएको जानकारी दिनुभयो । चार दिने भ्रमण पूरा गरेर स्वदेश फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाको स्वागतका लागि राप्रपा नेपालका दुई दर्जनभन्दा बढी कार्यकर्ता त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?